अमेरिका भ्रमणमा रहेका बैज्ञानिक महावीर पुनलाई नेपाली समुदायले भेट्दा जे देखियो – Gandaki Chhadke
Friday, August 12

अमेरिका भ्रमणमा रहेका बैज्ञानिक महावीर पुनलाई नेपाली समुदायले भेट्दा जे देखियो

August 2, 2022

क्यालिफोर्निया ।

अमेरिका भ्रमणमा रहेका नेपालका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवंम बैज्ञानिक महावीर पुन र सिलिकन भ्याली वरपर रहेका नेपाली समुदायबीच स्यानहोजेस्थित एभरेष्ट क्यूजिनमा एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना र यसले गरेका कामहरुको वारेमा नेपालीहरुलाई जानकारी गराएका थिए । संसारका विकसित मुलुकहरुले इनोभेसन मार्फत नै विकास गरेको र विकसित दर्जामा पुगेको बताउदै,नेपालमा भने सरकारी क्षेत्रवाट उपेक्षा गरिएको अनुभव सुनाए ।

इश्वी संबद २०१७ देखि मैले नेपालका सरकारी मान्छेहरुलाई राष्ट्रिय आविष्कार केन्द्रको वारेमा भन्न छोडिदिए किनकी इनोभेसन भन्ने कुरा नेपालको राजनीतिक र प्रशासनिक अधिकारीको कल्चरमा नै छैन ।

डा. पुनले आफ़नो वितृष्णा व्यक्त गर्नुभयो। उहाले संसारभरका नेपालीलरुले विभिन्न माध्यमवाट आविष्कार केन्द्रमा जोडिन सक्ने बताउदै इच्छाशक्ति भएका युवाशक्ति र उनीहरुको आइडिया आवश्यक रहेको र त्यसवाट मात्र देशको विकास संभव भएको उनले बताए ।

कार्यक्रममा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले डा पुनले नेपालको दूरजराजका गाउहरुमा इन्टरनेट विस्तारमा पुर्याएको योगदान अतुलनीय रहेका बताए । युनिभर्सिटी अफ स्यानफ्रयान्सिस्कोका सहप्राध्यापक डा. टीका लम्सालले पुन जस्तो बैज्ञानिक नेपालले पाउनु गौरवको विषया भएको र संसारभर छरिएर बसेका नेपालीको लागि डा पुन उदाहरण बनेका उल्लेख गरे ।

कार्यक्रममा एभरेस्ट क़ुजिन का सीईओ युवराज कार्की, वरिष्ठ पत्रकार रवी अधिकारी, सरोज काफ्ले, स्काइलेक्स इमिग्रशनका मिखिल एर्सेन्टिभ लगाय ले आफ़नो धारणा राख्नुभएको थियो । यसैविच, क्यालिफोर्निया राज्यका विधायक एलेक्स ली का अफ़्फ़िस डाइरेक्टर अनुराग पाल ले नेपालको दूरदराजका गाउंहरुमा वाएरलेस नेटवर्क विस्तारमा डा महावीर पुनले पुर्याएको योगदानको कदर गदै सम्मान गरेका छन् ।

पुनसंगै नेपाली समुदायका अग्रज ब्यक्तिव्य समाजसेबि नारायण सोमनामी पनि क्यालिफोर्निया राज्यका विधायक एलेक्सवाट सम्मानित भएका छन् । लामो समयदेखि समाजसेवामा सकृय रहेका सोमनामीले राज्यका विधायकवाट सम्मान पाउनु आफ्नो लागि मात्र नभएर नेपाली समुलायको लागि पनि खुशीको विषय भएको प्रतिकृया दिएका छन् ।

समाजमा निस्वार्थ काम गर्दा यहाँको राज्यले पनि रिकक्गजाइज्ड गरेका बताउदै सोमनामीले भने मलाई यो सम्मान पाउछु भन्ने लागेकै थिएन । शान्तारोजा र आसपासमा नेपाली रेष्टुरेष्ट संचालन गरि नेपाललाई परिचित गराउन सफल ब्यापसायी सोमनामी एनआरएनए अमेरिकाका सल्लाहकार समेत हुन ।

आजै डा पुनले स्याण्डफोर्ड युनिभर्सिटीमा आयोजना गरिएको कार्यक्रममा पनि राष्टिय आविष्कार केन्द्र र यसका आगामी योजनाहरुको वारेमा त्यहाँका विद्यार्थी एवं प्राध्यापकहरुसंग अन्तरकृया गरेका थिए ।

Comment