शुक्रबार १४ आश्विन २०७९

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगलाई भक्तपुरको चाँगुनारायणस्थित रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बोजिनी रिसोर्टमा सन्दीप र नाबालिग इन्ट्री भएको लगबुक भेटिएको हो ।

भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक ब’लात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रहरी वृत गौशालाका अनुसन्धान अधिकृतले बोजिनी रिसोर्टमा पुगेर लगबुक र सिसिटिभी चेकजाँच गरेका छन् । होटलको लगबुकमा सन्दीप साँझ ८ बजे इन भएर १० बजेर २२ मिनेटमा बाहिर निस्केको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

त्यहाँबाट निस्केपछि सन्दीपले ति बालिगलाई काठमाडौं ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितले प्रहरी वृत गौशालमा दिएको जाहेरीमा भनिएको छ–‘नगरकोटबाट फर्केर ११ बजेर ५५ मिनेटमा सन्दीपले मलाई काठमाडौं इनमा लगेका हुन्, १२ बजेर २५ मिनेटपछि पटक–पटक ब’लात्कार गरे ।’

ब’लात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमती दिएको छ । लामिछाने अहिले क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागी जमैकामा छन् ।​यता लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न आज अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छ। तर उनी हाल नेपालमा छैनन्।

घटना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी–२० खेलका लागि गएका उनी हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसियामा छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको कुराकानीमा उनले जारी प्रतियोगिता सकेपछि मात्रै फर्किने बताएका छन्।

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैका तलावाजको अन्तिम लिग खेल सेप्टेम्बर २५ अर्थात असोज १५ गतेसम्म चल्नेछ। अझै करिब एक महिनासम्म सन्दीप नफर्कने सुँइको पाएपछि प्रहरीले विदेशबाटै पक्राउ गर्न औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गर्ने तयारी गरेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले नेपाल नआएमा इन्टरपोलको सहयोगमा पक्राउ गर्न सकिने बताएका छन्।


Last Updated on: September 8th, 2022 at 9:22 pm

तपाईको प्रतिक्रिया