Ultimate magazine theme for WordPress.

पेरिस छाड्नेको संख्या ह्वात्तै ब’ढेपछि ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम

760

एजेन्सी । कोरोना भाइरसको संक्रमण ब’ढेपछि फ्रान्समा दोस्रो चरणको लकडाउनको घो’षणा गरिएको छ । लकडाउनको घोषणा भएलगतै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ ।फ्रान्समा आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानी छो’ड्नेहरुको संख्या ब’ढेको जनाइएको छ । उनीहरुको कारण ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बताइएको छ। कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएको हो ।

यस समयमा त्यहाँको स्थानीयले अति आवश्यक बाहेक घरबाहिर निस्कन पाउने छैनन् ।फ्रान्समा पछिल्लो दिन कोरोना सङ्क्रमितहरुको संख्या वृद्धि हुनुको साथै मृ’त्यु हुनेहरुको दर पनि ब’ढ्दै गएको छ । बीबीसीका अनुसार त्यहाँ हिजो बिहीबार मात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको थियो भने २ सय ५० जनाको मृ’त्यु भयो ।