काठमाडौंको सिनामंगलमा ट्युसन पढाउने शिक्षकले गरे १४ वर्षीया छात्रालाई गर्ने नहुने काम – Gandaki Chhadke
Friday, August 12

काठमाडौंको सिनामंगलमा ट्युसन पढाउने शिक्षकले गरे १४ वर्षीया छात्रालाई गर्ने नहुने काम

August 2, 2022

काठमाडौं–

काठमाडौंको सिनामंगलमा १४ वर्षीया छात्रामाथि बलात्कारको घटना सार्वजनिक भएको छ। बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति ललितपुस्थित जावलाखोलमा रहेको एक कलेजका शिक्षक रहेको प्रहरीले जनाए पनि नाम भने सार्वजनिक गरेको छैन। ती शिक्षकले छात्रालाई ट्युसन पढाउने गरेको र सो क्रममा बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडितले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरेर प्रहरी गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ।

यो पनि -संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेको छ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पछिल्लो १५ दिनमा २ पटक पेट्रोलमा ३२‍‍.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा ७७ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बहानाबाजी गर्दै मूल्य नघटाएको भन्दै अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको हो।

मंगबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको आरोप लगाएको छ।

जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएको पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्य राखी मूल्य समायोजन नगरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ।

GBLIME
‘विगतमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरीब जनताको चुल्हो बल्न कठिन भइरहेको अवस्था छ, अत्यावश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिएको छ, देशमा राज्य छ कि छैन भन्ने अवस्था छ।

मूल्य समायोजनको बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घटदा नघटाइ, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त रहेको छ,’ अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Comment