Ultimate magazine theme for WordPress.

आज रातिबाटै बेनी नगरपालिका एक साता लकडाउन !

610

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी एकसाताकालागि ल’कडाउन हुने भएको छ । जिल्ला प्र’शासन कार्यालय म्याग्दीले एक सू’चना गर्दै बेनी नगरपालिका एक साता लकडाउन गर्ने निर्णय भएको जनाएको छ ।लकडाउन अवधिभर नगरपालिका अन्तर्गतका वडा तथा अन्य कुनैपनि सरकारी कामकाज साथै बैंक, वित्तीय संस्था खुला नगर्न नि’र्देशन दिइएको छ । यद्यपि अस्पताल, औ’षधि पसल २४ सै घण्टा खुल्ने सु’चनामा जनाइएको छ । त्यस्तैगरी अन्य पसलहरु भने बिहान ८ देखि १० बजेसम्म खोल्न पाइने सू’चनामा जनाइएको छ ।

लकडाउन शुक्रबार आज रातिबाटै ला’गू भई एकसाता रहने छ ।बेनी नगरपालिका, सुरक्षा समिति, उद्योग वाणिज्य संघको अनुरोधमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले लकडाउन गरेको हो । यसअघि दशैँकोबीचमै बेनीका प्र’तिष्ठित व्यक्तिको कोरोनाका कारण मृ’त्यु भएको थिायो ।