Ultimate magazine theme for WordPress.

सेराका किसानलाई लोभ्यायो टर्कीले

630

दमौली । तनहुँको व्यास नगरपालिका ११, सेराका बासिन्दा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्ष’मता अनुरुप १० देखि ७० वटासम्म पाल्न थालेको पौडेल बताउँछन् । स्थानीय कुखुरा र बट्टाई पाल्दै आएका पौडेलले यससम्बन्धी ता’लिम लिएपछि टर्की पाल्न थालेका हुन् ।

यसको मासु प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ । टर्की, कडकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरालगायत नौ जातका महँगा पक्षीहरु पाल्दै आए पनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उनले बताए । पाँचवटा खोर खाली छन् । उनले भने, “चल्ला ल्याउने स्थानमै कोरोना सङ्क्रमितको सङ्ख्या ब’ढ्न थालेपछि जो’खिम रहेकाले ल्याउन नसकिएको हो । सहज परिस्थिति भएपछि पुनः पाल्ने योजना बनाएको छु ।”एकदिने चल्लाको ३५० देखि ४५० रुपैयाँसम्म मूल्य पर्ने र ६ महिनापछि खानायोग्य हुने उनले बताए ।

चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्‍डी बलियो बनाउनुका साथै मुटु, म’धुमेह, र’क्तचापलगायत दी’र्घकालीन रो’गी सबै प्रकारका बि’रामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी छ । चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दु’र्गन्ध नहुने र रो’गले आ’क्रमण नगर्ने भएकाले जो’खिम पनि कम हुने यसको विशेषता रहेको बताइएको छ । तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकाले मागअनुरुप पू’र्ति गर्न नसकिएको स्थानीय शोभा पौडेलको भनाइ छ ।

एक सय टर्की पाल्दा ६ महिनामा झन्डै चार लाखसम्म कमाउन सकिने उनी बताउँछिन् । ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोसम्म हुन्छ । उनले भनिन्, “सुरुमा त का’टेर बिक्री गर्न गा’ह्रो भयो, अहिले सातामा एउटा टर्की घरमै काट्दा बिक्री भइरहेको छ ।” गाउँ घरमा सबैले टर्की पाल्न सुरु गरेपछि केही महिनाअघि आफूले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको स्थानीय सुभद्रा कार्की पराजुली बताउँछिन् । तीन महिना अघिदेखि ल्याएर आफूले पहिलोपटक टर्की पाल्न सुरु गरेको उनले जानकारी दिइन् ।उक्त क्षेत्रका १४ घरपरिवारले टर्की पाल्न थालेका छन् भने अन्य परिवारले टर्की पाल्नका लागि चल्ला माग गरिरहेको किसान पौडेलले जानकारी दिए ।रासस