बुधबार १९ आश्विन २०७९

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् ।

पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ ।सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी हुन् ।सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी हुन् ।

उनले ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी थिइन् । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन् ।उनी बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो।

उनको जन्म सन् १९२६ अप्रिल २१ मा मेफेयर लण्डनमा भएको थियो । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् । प्रधानमन्त्री लिज ट्रसले ‘महामारीको स्वास्थ्यप्रति सम्पूर्ण देश गहिरो चासो दिइरहेको’ प्रतिक्रिया दिएकी थिइन्।

महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् ।महारानीको निधनसँगै उनका जेठा छोरा राजकुमार चार्ल्स राजा भएका छन् ।उनी क्यामिला, डचेस अफ कर्नवालसँग विवाहित छन् । उनको पहिलो श्रीमती राजकुमारी डायनाबाट विलियम र ह्यारी गरी दुई छोरा छन् ।


Last Updated on: September 8th, 2022 at 11:44 pm

तपाईको प्रतिक्रिया