बुधबार १९ आश्विन २०७९

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् ।

पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ ।सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी हुन् ।सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी हुन् ।

उनले ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी थिइन् । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन् ।उनी बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो।

उनको जन्म सन् १९२६ अप्रिल २१ मा मेफेयर लण्डनमा भएको थियो । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् । प्रधानमन्त्री लिज ट्रसले ‘महामारीको स्वास्थ्यप्रति सम्पूर्ण देश गहिरो चासो दिइरहेको’ प्रतिक्रिया दिएकी थिइन्।

महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् ।महारानीको निधनसँगै उनका जेठा छोरा राजकुमार चार्ल्स राजा भएका छन् ।उनी क्यामिला, डचेस अफ कर्नवालसँग विवाहित छन् । उनको पहिलो श्रीमती राजकुमारी डायनाबाट विलियम र ह्यारी गरी दुई छोरा छन् ।

रानीको दोस्रो सन्तान र एकमात्र छोरी हुन् राजकुमारी एनी । उनी टिमोथी लरेन्ससँग विवाहित रहेकी छन् । उनको पहिलो पति क्याप्टेन मार्क फिलिप्सबाट पिटर फिलिप्स र जारा टिन्डल नामका दुई सन्तान छन् ।महारानीको तेस्रो सन्तान हुन् एन्ड्रयु । उनका पूर्व पत्नीबाट योर्कको डचेस– राजकुमारी ब्रिटिस र राजकुमारी युजेनी गरी दुई छोरीहरू छन् ।

उनको न्युजनाईटको विवादास्पद अन्तरवार्तापछि उनले शाही पद परित्याग गरे । प्रिन्स एडवर्ड महारानीका कान्छो छोरा हुन् । उनी काउन्टेस अफ वेसेक्स सोफीसँग विवाहित छन् । र उनका लुइस र जेम्स माउन्टबेटन–विन्डसर गरी दुई सन्तान छन् ।


Last Updated on: September 9th, 2022 at 12:00 am

तपाईको प्रतिक्रिया