Ultimate magazine theme for WordPress.

पूर्वमन्त्री मीन विश्वकर्मालाई आईसीयूबाट भेन्टिलेटरमा सारियो

610

काठमाडौं । ग्राण्डी अस्पतालमा उपचाररत कोरोना संक्रमित काँगेस नेता एवं पूर्वमन्त्री मीन विश्वकर्मालाई भे’न्टिलेटरमा सारिएको छ ।नेता विश्वकर्माको स्वास्थ्य स्थिति ज’टिल बन्दै गएपछि शनिबार (आज) आ’ईसीयूबाट भे’न्टिलेटरमा सारिएको अस्पतालले जनाएको हो ।नेता विश्वकर्मालाई यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी ८ दिन होम आ’इसोलेशनमा बसेका थिए ।तर, उनको स्वास्थ्यमा थप स’मस्या ब’ढ्दै गएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालमा उपचार गराउदासमेत उनको स्वास्थ्यमा सुधार नभएपछि ग्राण्डी अस्पतालको आ’ईसीयूमा राखिएको थियो ।

नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ । सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अ’स्वस्थ भई कात्तिक ९ गतेदेखि (वीर र त्यसपछि ग्राण्डी अस्पताल) अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत उनको स्वास्थ्यावस्थाबारे जानकारी गराउनाका साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आ’ग्रह गरे।