Wednesday, August 10

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घूस लिँदै गर्दा रंगेहात पक्राउ

August 2, 2022

काठमाडौँ

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घूस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन ।

स्रोतका अनुसार उनले पर्यटन व्यवसायको दर्ताका लागि घुस मागेका थिए। नेपालले २० लाख रूपैयाँ घूस लिएको अख्तियारको दाबी गरेको छ ।

सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा केही बेर अगाडि अख्तियारको टोलीले पक्राउ गरेको हो। नक्सालको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारद्वारा जानकारी दिएको छ ।थप केहि बेरमा

यो पनि – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरमा बनाइएको वान वे (एकतर्फी सडक) सडक हटाएकामा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसँग आक्रोश पोखेका छन् ।

महानगरपालिकाले बनाएको वान वे प्रहरी महानिरीरक्षक सिंंहकै निर्देशनमा हटाएको भन्दै मेयर महर्जनले टेलिफोन गरी आक्रोश व्यक्त गरेका हुन् ।

‘८–९ स्थानमा एकतर्फी गर्दा प्रहरी चँुइक्क नबोल्ने, कार्यान्वयन गरेपछि बोर्ड हटाउने, वान वे बिगार्ने जस्ता काम गर्ने ? यो विषयमा आईजीसँग मेरो ५–७ मिनेट फोन भयो ।

मैले ललितपुर महानगरको काममा अनावश्यक रुपमा डिस्टर्ब नगर्न आईजीलाई भनँे’ मेयर महर्जनले भने ।

आफूहरुले गरेको निर्णयमा कुनै समस्या भए छलफल गर्न आग्रह गर्दै उनले विना छलफल वान वे हटाउनु प्रहरीको गल्ती भएको बताए ।

‘हाम्रो कैफियत छ भने हामीलाई भने हुन्छ, विना सल्लाह, छलफल नगरी हामीले गरेको निर्णय कार्यान्वयन गर्न नदिने को हो प्रहरी ? अबदेखि हाम्रो काममा डिस्टर्ब नगर्नुस भनें ।

कि तपाईँ वैठक बोलाउनुस् नत्र मैले बोलाएको वैठक आउनुस’ मेयर महर्जनले आईजीपीसँगको वार्ताबारे भने ।

Comment