Ultimate magazine theme for WordPress.

अभिनेत्री ऋचा शर्मा कोरोना संक्रमणमुक्त भइन्

537

काठमाडौं । अभिनेत्री ऋचा शर्मा कोरोना भाइरस संक्रमणमुक्त भएकी छन् । अभिनेत्री ऋचा शर्मा आफैले फेसबुकमार्फत् तीन सातापछि कोरोनामुक्त भएको जानकारी गराएकी हुन् ।उनले भनेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ, कि पढेर जानिन्छ कि परेर ।’उनले थप भनेकी छन्, ‘यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगे । पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेंन्टाइनमा बसि अब सम्पूर्ण रुपमा स्वथ्य भएकी छु ।’

यसैबीच उनले नेपाल जस्तो विकासोन्मुख देशमा तीब्र रुपमा कोरोना फैलिरहेको समयमा आफू र आफ्नो परिवारको सुरक्षा गर्नका लागि सबैलाई अनुरोध पनि गरेकी छन् । साथै, आफू कोरोना संक्रमित हुँदा अपनाएकी खानपान र जीवन शैलीबारे चाँडैनै सबैलाई जानकारी गराउने पनि बताएकी छन् ।कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि फ्रन्टलाइनमा खटिइरहेका सम्पूर्णलाई धन्यबाद दिदै उनले स्वस्थ र सतर्क रहन अपील पनि गरेकी छन् ।