बुधबार १९ आश्विन २०७९

काठमाडौं । ४ दिनअघि धनगढीबाट बेपत्ता भएकी किशोरी मोहना नदीमा मृ’त भेटिएकी छन् । कैलालीमा गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया एक किशोरी मृतावस्थामा फेलापरेकी हुन् ।

धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा गएको सोमबारदेखि बेपत्ता भएकी थिइन् ।कैलाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको श’व फेलापरेको हो । धनगढी–२, मोहना किनारमा श’व फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार श’व ‘फुलेको’ अवस्थामा छ । श’वको पो’स्टमार्टम गर्ने तयारी गरिएको छ ।उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कविताको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ।आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् ।

उनी त्रिभुवन माध्यमिक विद्यालय बोराडाडी कैलालीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।आस्था आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको खुलेको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।

सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको प्रहरी अनुुसन्धानबाट खुलेको छ ।उनले घरमा आफ्नी बहिनीलाई ‘आफूले मन पराएको केटाले नभेटे आफू बेपत्ता हुन्छु’ भनेको सूचना प्रहरीले पाएको थियो । घटना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।


Last Updated on: September 9th, 2022 at 2:35 pm

तपाईको प्रतिक्रिया