Monday, August 15

युवापुस्ताका लोकप्रिय गायक सज्जनराज वैद्यले स्टेजमा गीत गाउदै थिए युवतीले भित्री बस्त्र ‘ब्रा’ स्टेजमै फालिदिईन

August 2, 2022

काठमाडौँ

रंगिन दुनियाँका चल्तिका गायक-गायिका तथा कलाकारहरूको फ्यान पक्कै तपाईं पनि हो । जस्लाइ नजिकबाट हेर्न र सुन्न अवस्य चाहना हुन्छ ।

कतै ती सेलेब्रेटीको कार्यक्रम भयो भने टिकट काटी-काटी हेर्न जान्छौ । र, यस्ता कार्यक्रमहरुमा हुने अनौठो र रमाइला घट्ना हरु पनि सुन्नु भएकै होला ।

केहिले स्टेजमै गएर अंगालो हाल्ने, केहिले मुक्का हान्ने, केहिले जुत्ता हान्ने लगायतका घट्नाहरु बिदेश हैन नेपालमै पनि भएका छन् । यस्तैमा हालै एक यस्तै रमाइलो घट्ना भएको छ ।

काठमाडौको एलओडी क्लबमा युवापुस्ताका लोकप्रिय गायक सज्जनराज वैद्यले गीत गाइरहेका थिए ।

सयौ फ्यानहरु माझ उनको स्वर भन्दा ती उपस्थिति उनका फ्यानहरुको स्वरको गुन्जयमान धेरै सुनिन्थ्यो । यस्तैमा एकछेउबाट युवतीको भित्री बस्त्र (ब्रा) स्टेजमा फालिन्छ ।

गिटारिस्टको घाटिमा सो बस्त्र आएपछि उनी त्यो निकाल्दै अलमलिन्छन् । र सबैलाइ देखाउदै गायक सज्जन तर्फ उक्त बस्त्र गितारिस्टले राख्दिन्छन् । जस्लाई हेर्दै सज्जनले अनुहार खुम्च्याउदै नमिठो मुस्कुराउछन् ।

यतिबेला यो भिडियो भाइरल भैरहेको छ । गएको सनिवार भएको यो घटनामा मिश्रित प्रतिक्रिया आइरहेको छ ।

धेरैले गायकप्रतीको सम्मान नरहेको भनिरहेका छन त कतिले त्यो बस्त्र फाल्ने युवतिलाई गाली गरिरहेका छन् । तर, कस्ले त्यस्तो हर्कत गरेको हो भन्ने कुरा भने खुलेको छैन ।

सज्जनको हवाइजहाज, चिट्ठी भित्र, हतारिदै बतासिदै, सस्तो मुटु, नगन्य माया, कुराकानी लगायतका गीतहरु युवापुस्तामाझ लोकप्रिय बनेको छ ।

Comment