Ultimate magazine theme for WordPress.

दुबईमा हनिमुन मनाउदै नेहा र रोहनप्रित

569

काठमाडौं – हालै विवाह बन्धनमा बाधिँएकी बलिउड गायिका नेहा कक्क अहिले हनिमुनमा छिन् । नेहाले पञ्जावी गायक रोहनप्रित सिंहसँग विबाह गरेकी हुन् । दर्जनौ गीतहरु गाएर चर्चामा आएकी नेहाले रोहनप्रित सिंहसँगको प्रेम सम्बन्धपछि विवाहमा परिणत गरेकी हुन् । अहिले नेहा र उनका पति रोहनप्रित हनिमुन मनाउन दुबईपुगेका छन् । उनीहरु दुबईमा एक भब्य होटलमा बसेको भिडियो सार्वजनिक पनि भएको छ ।

भिडियोमा यो जोडीको कोठा रोमान्टिक तरिकाले सजाएको दृश्य देखिएको छ । नेहाले दुबई उड्नुअद्धि विमानस्थलबाट भिडियो सार्वजनिक गरेकी थिइन् । उनीहरुको २४ अक्टुबरको दिन आफ्ना परिवार र नजिकका नातेदारका बीचमा धुमधामले विवाह भएको हो ।विवाहपछि अहिले नेहाको विवाहको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विवाहको दिन दुवैले रोमान्टिक गीत पनि गाएका थिए ।