बुधबार १९ आश्विन २०७९

काठमाडौं । सामाजिक संजालमा कडा टिप्पणी गर्ने पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् ।

आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाईमेत धन्यवाद दिएका छन् ।गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।

उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए । यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए । उनले छिट्टै एमालेको केन्द्रीय कमिटीमा पनि स्थान पाउने आशा राखेका छन् ।

यो पनि – नेकपा एमाले तेह्रथुमले प्रतिनिधिसभातर्फकाे प्रत्यक्षमा दुई नेताको नाम सिफारिस गरेको छ ।एमाले जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका लागि डा. विजय सुब्बा र तेजमान कन्दङ्वाको नाम सिफारिस गरेको हो ।प्रतिनिधिसभामा दुवै नेताहरुको दावी परेपछि दुवै नेताहरुको नाम जिल्लाबाट सिफारिस गरिएको एमाले तेह्रथुमले जनाएको छ ।

सिफारिस भएका कन्दङ्वा एमाले तेह्रथुम अध्यक्षसमेत हुन् । हाल उनी प्रदेशसभा सदस्यसमेत रहेका छन् ।त्यस्तै एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख समेत रहेका सुब्बाले साझा प्रकाशनको नेतृत्वसमेत गरिरहेका छन् ।प्रायजसो काठमाडौंमै बसेर राजनीति गरेका सुब्बाको जिल्लागत प्रभाव कमै रहेको एमालेकै नेता तथा कार्यकर्ताहरुको दावी छ ।

यद्यपि उनी पछिल्लो समय अध्यक्ष केपी ओलीको विश्वास पात्रका रुपमा काम गरिरहेका छन् ।२०६९ सालमा नेकपा एमाले विभाजन हुँदा अशोक राई खेमामा लागेका सुब्बा पछि ०७१ मा उनी पुन: एमालेमै समाहित हुन पुगेका थिए ।नेकपा (एमाले) जातिय र वर्गिय मुक्ति आन्दोलनको पक्षमा भएको पार्टी दावी गरेपनि कहिलेकाँही सुब्बालाई त्यसको विपक्षमा उभिने नेता भनेर बात लाग्ने गरेको छ ।

औपचारिक पढाएमा पीएचडी गरेका सुब्बाको बौद्धिकता भने कमजोर आँक्न सकिँदैन ।उनी यसअघि जिल्लाबाट ०४८ र ०५६ मा दुई पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका नेता हुन् । तरपनि जिल्लाको विकास र संगठनात्मक पक्षमा उनीसँग जिल्लाबासी त्यति सन्तुष्ट छैनन ।

त्यस्तै अर्का प्रत्यासी तेजमान कन्दङ्वाको पनि पोर्टफोलियो कमजोर छैन । एमाले तेह्रथुमको वर्तमान अध्यक्षसमेत हुन् । उनले यसअघि पनि एमाले तेह्रथुम अध्यक्षको जिम्मेवारी बहन गरिसकेका थिए ।उनी २०७४ सालको वाम गठबन्धनबाट तेह्रथुम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

उनी त्यो बेला प्रतिनिधिसभा सदस्यको दावेदार रहेपनि अन्तिममा पार्टीले प्रदेश उम्मेदवार बनायो ।त्यस्तैगरी कन्दङ्वाले जिल्ला विकास समितिको उपसभापतिको रुपमा पनि काम गरिसकेका छन् । तुलनात्मक रुपमा उनलाई जिल्लाको विकास निर्माण कार्यमा लामो समयदेखि लगातार सक्रिय रहेका नेताको रुपमा जनताले बुझ्ने गरेका छन् ।

सुब्बा र कन्दङ्वा मध्ये तेह्रथुम एमालेमा कस्ले टिकट पाउने भन्ने निर्णय अब पार्टी केन्द्रले नै गर्ने छ । यद्यपि अध्यक्ष ओलीकै जन्म जिल्लासमेत रहेको तेह्रथुममा टिकटका लागि सुब्बा र कन्दङ्वबीच भने कडा टक्कर हुने निश्चित छ ।२०७४ मा तेह्रथुमबाट वाम गठबन्धनबाट निर्वाचित सांसद भवानीप्रसाद खापुङ नेकपा एकीकृत समाजवादीमा छन् ।

करिब आधा सताब्धिको इतिहास हेर्ने हो भने तेह्रथुम एमालेको गढ नै हो ।यहाँ २०१५ र २०६४ बाहेक सबै चुनावमा एमाले विजयी भएको छ । तर यस पटक भने पाँचदलीय गठबन्धन सामु एमालेलाई चिर्वाचन जित्न त्यति सजिलो छैन ।


Last Updated on: September 9th, 2022 at 4:57 pm

तपाईको प्रतिक्रिया