शुक्रबार १४ आश्विन २०७९

काठमाडौं महनगरपालिकाका तीनवटा क्यासिनोहरूले मनोरञ्जन कर तिरेका छन्। महानगरले सात दिने अल्टिमेटम दिएपछि तीनवटा क्यासिनोले मनोरञ्जन कर तिरेको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए।

उनकाअनुसार सोल्टी होटल र मल्ल होटलको क्यासिनोले मनोरञ्जन कर तिरेका हुन्। यी दुई क्यासिनोले गरी ३० लाख कर तिरेका हुन्। बुधबारै म्यारियट होटलले १९ लाख रुपैयाँ मनोरञ्जन कर बुझाएको थियो। महानगरले साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको थियो ।

आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको थियो ।

बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गर्दा पनि नति सम्बन्धित संस्थाहरुको ४ वर्ष देखि नतिरेको महानगरको रनाजश्व विभागले जनाएको छ । प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्तता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरीने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।

महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार सबै कम्यासिनोहरुले प्रतिव्‍यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।


Last Updated on: September 9th, 2022 at 9:40 pm

तपाईको प्रतिक्रिया