Monday, August 15

रविको पार्टी यसपालिको चुनाबमा पहिलो पार्टी हुने पक्का, कर्णाली प्रदेश भेलामा समर्थकको भिड !

August 2, 2022

सुर्खेत ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश स्तरीय भेलामा ठूलो संख्यामा समर्थकको सहभागी भएका छन् । मंगलबार सुर्खेतको सिटी हलमा कर्णाली प्रदेश भेलामा ठुलो संख्यामा समर्थकको भिड देखिएको हो ।

उक्त भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाका हजारौँ युवाहरू सहभागी भएका थिए ।प्रदेश स्तरीय भेलालाई स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै सभापति लामिछाने ले पार्टीमा पद माग्न आउनेलाई पार्टीले प्रवेश नदिने बताएका थिए ।मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए ।

उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न ।

अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए ।

जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ । अध्यक्ष लामिछानेले भने । उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए ।

‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ।

कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने उनले बताए । ‘तपाईले हाल्ने मतबाहेक तपाईंको भाग्य बदल्ने अरु कुनै उपाय छैन उनले भने ।

आम नागरिकले बिकल्प खोजिरहेको बेला रबि नेतृत्वको पार्टी पहिलो शक्तिको रुपमा उदाउँन सक्ने आकलन समेत गर्न थालिएको छ ।

Comment