Wednesday, August 10

अष्ट्रेलियामा कारभित्र हस्तमैथुन गर्दा पक्राउ परेका नेपाली युवक देशनिकाला हुने

August 2, 2022

काठमाडौं ।

अष्ट्रेलियामा हस्तमैथुन गर्दैगर्दा नेपाली पक्राउ परेका छन् । सन् २०१५ मा अष्ट्रेलिया पुगेका एक नेपाली पुरुष ‘यौन अपराधी’ घोषित भएर घर फिर्ता हुने स्थितिमा पुगेका हुन् ।

जानकारी अनुसार २६ वर्षीय ती नेपाली युवक २०२१ मा होबार्टबाट पक्राउ परेका थिए ।पक्राउ पर्दा उनी खाद्यान्न डेलिभरी चालकको रूपमा काम गर्थे । होबार्ट न्यायीक अदालतका अनुसार बिहानको डेलिभरी सक्काएर ती युवक रोजनी पार्कतर्फ गएका थिए ।

त्यहाँ गएपछि वरपर कोही नभएको सोचेर उनले कारभित्र हस्तमैथुन गर्न थाल्छन् । काउन्सिलका कर्मचारी जब त्यहाँ कार रोक्न पाइँदैन भन्नका लागि त्यहाँ पुगे तब उनलाई कारभित्र रंगेहात फेला पारेका हुन् ।

काउन्सिलका कर्मचारीले उनलाई त्यस दिन त्यहाँबाट जान भनेका थिए । त्यसपछि उनीमाथि निषेधित व्यवहारमा संलग्न भएको भन्दै मुद्दा पर्यो । मुद्दामा उनी दोषी पाइएका हुन् ।

अदालती प्रक्रिया अन्तर्गत कम्युनिटी करेक्सन तास्मानीय (सीसीटी) लाई ती आप्रवासीले पुन: अपराध गर्ने जोखिम रहे, नरहेको मुल्यांकन गर्ने जिम्मेवारी दिइयो । सामान्यतया अदालतले सीसीटीको मूल्यांकनका आधारमा व्यक्तिलाई यौन अपराधीको सुचिमा राख्न सक्नेछ ।

सीसीटीले आफ्नो अनुसन्धानबाट ती नेपाली आप्रवासीले पुन: अपराध गर्ने मध्यम जोखिम भएको जानकारी गरायो । उक्त रिपोर्टले उनलाई कानुनी दस्तावेजमा यौन अपराधीका रुपमा सूचीकृत गर्ने मात्रै नभएर देशनिकाला पनि गर्न सक्नेछ ।

सीसीटीको निष्कर्षलाई अभियुक्तका अभिवत्ता दिनेश लोगनाथनले चुनौती दिनु भएको छ । लोगनाथनले दुई क्लिनिकल मनोवैज्ञानिकहरु डा. ग्रान्ट ब्लेक र डा. एम्मा कोलिन्सको रिपोर्ट अदालतमा पेश गरेका छन् ।

दुवै मनोवैज्ञानिकले पक्राउ परेका नेपालीले पुन अपराध गर्न सक्ने भन्ने सीसीटीको प्रतिवेदनमा कुनै सत्यता नभएको बताए । लोगनाथनले अदालतलाई मनोवैज्ञानिकको रिपोर्ट दिए पनि सीसीटीले आफ्नो अडानमा कायम रहेको जवाफ दिएको छ ।

यो विधि अन्य मुद्दामा पनि दुरुपयोग हुन सक्ने उनको बुझाई रहेको छ । कारभित्र हस्तमैथुन गरेको अवस्थामा फेला परेका व्यक्तिमाथि ‘यौन अपराधी जोखिम मूल्याङ्कन’ विधि प्रयोग गर्नु नै सही नभएको तर्क अभिवक्ताले गरेका छन् ।

Comment