Wednesday, August 10

अभिनेत्री उर्फी जावेदको छोटो लुगाको फ्रन्ट कटबाट लाज देखिएपछि… (फाटाे फिचर)

August 3, 2022

काठमाडौं ।

भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद छोटो लुगा लगाएर चर्चामा आउने गरेकी छिन् ।उनले बेलामा बेलामा बोल्ड बयान बयान पनि दिन्छिन् ।

जब उनी हालै आफ्नो नयाँ पोशाकमा बाहिर आइन्, तब मिडिया र पापाराजीहरूले फोटो क्लिक गर्न थाले ।कपडाका बारेमा सोध्दा उनले एक दिन लुगा नलगाएर आउने बताइन् ।

ऊर्फीले आफूले छोटो पहिरन मानिसहरूलाई हैरान पार्न नभई आफ्नो रोजाइका कारण लगाउने गरेको पनि बताइन् ।उर्फीले नीलो रंगको वन पीस ड्रेस लगाएकी थिइन्, जसमा फ्रन्ट कट थियो ।

त्यहाँबाट लाज देखिएको भन्दै अहिले उक्त तस्वीर ट्रोलको शिकार बनेको छ । उनको हेयरस्टाइलले पनि मानिसहरुको ध्यान तान्यो ।उर्फी जावेद सामाजिक सञ्जालमा प्रायः भाइरल हुने गरेकी छिन् ।

कपडाका कारण उनलाई ट्रोल गर्ने गरिएको छ । सोही कारणले गर्दा उनी विगतमा सबैभन्दा बढी खोजिने भारतीयको सूचीमा परेकी थिइन् ।उर्फी जावेदको पछिल्लो लुक पनि चर्चामा छ ।

उनले आफ्नो नयाँ लुकमा पोज दिएकी छिन् । तपाईंको लुगाले मानिसलाई चकित पार्छ नि भन्ने प्रश्नमा उर्फीले भनिन्, ‘म एक दिन लुगा लगाउने छैन । कुरा सकियो । म के भनु ।

मैले जे लगाए पनि दर्शकलाई चकित पार्न लगाएको होइन । मलाई जे मन पर्छ त्यही लगाउछु ।’ उर्फी यो भिडियोका कारण पनि ट्रोल भएकी छिन् । उर्फी आफूलाई ट्रोलिङले कुनै फरक नपर्ने बताउँछिन् ।

कामको कुरा गर्दा उर्फी जावेद पछिल्लो पटक बिग बोस ओटीटीमा देखिएकी थिइन् । उनी शोमा केही दिन मात्रै बस्न पाएकी थिइन् ।कार्यक्रममा पनि उनले आफ्नो रचनात्मकता देखाउँदै पलास्टिकले बनेको लुगा लगाइन् ।

त्यस बाहेक उर्फी हाल कुनै पनि कार्यक्रममा देखा परेका छैनन् । उनी आफ्नो आकर्षक पहिरनका कारण चर्चामा रहन्छिन् ।

Comment