मृतक दिनेश पाण्डेको जरंखु बस्ने एक महिलासँग अनैतिक सम्बन्ध ? – Gandaki Chhadke
Friday, August 12

मृतक दिनेश पाण्डेको जरंखु बस्ने एक महिलासँग अनैतिक सम्बन्ध ?

August 3, 2022

काठमाडौं

काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा सोमबार भएको बीभत्स घटना हत्यापछिको आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेश पाण्डेले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका हुन् ।

घटनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा दिनेशले पत्नी सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको आरोप लगाएका छन् । ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि उनी स्वदेश फर्केका थिए ।

खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको, तर श्रीमती र ससुराली पक्षले सम्पत्ति हडप्न विभिन्न आरोप लगाउने गरेको उनले सुसाइड नोटमा लेखेका छन् । सुसाइड नोटमा दिनेशले पत्नीलाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार माइती पक्षका दाजु–भाइको आडमा आफूलाई हेपेको भनेर दिनेशले ‘बदला’को भावना साँचेको सुसाइड नोटमा देखिन्छ । सुनिताले आफ्नो मोबाइल पतिलाई छुन नदिने र शौचालय जाँदा पनि सँगै लैजाने गरेको सुसाइड नोटमा उल्लेख छ ।

पत्नीको मोबाइलमा तेस्रो मान्छेको मेसेज आएको भनेर उनीहरुको बीचमा झगडा हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ०७७ माघमा सुनिताले दिनेशविरुद्ध प्रहरी वृत्त बालाजुमा उजुरी गरेकी थिइन् ।

दिनेशले आफूलाई तरकारी काट्ने चक्कुले हिर्काएर हत्या प्रयास गरेको भनेर ‘सुनिताले उजुरी गरेकी थिइन् । ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो,’ सुसाइड नोटमा दिनेशले लेखेका छन्, ‘मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’

प्रहरीक अनुसार दिनेशले आफ्ना कलिला दुई सन्तानको हत्याबारे लेखेका छन्, ‘बच्चाको मायाले यिनीहरुलाई पनि सँगै लैजाने निर्णय लिएँ ।’ पारिवारिक कलहकै कारण दिनेशले हत्या र आत्महत्याको बाटो रोजेको प्रहरीको निष्कर्ष छ ।

प्रहरी स्रोतका अनुसार सुसाइड नोटको सुरुवातमा पाण्डेले श्रीमती सुनितासँग राम्रो सम्बन्ध नभएको उल्लेख गरेका छन् । ‘मलाई सबैले हेला गरे, विदेशमा कमाएको सम्पत्ति पनि हडप्न खोजे’ उनले भनेका छन्, ‘तिमीले पनि मलाई कहिल्यै माया गरेनौं, सँगै खाना नखाएको पनि महिनौं भयो । तिमीले कहिल्यै मलाई बुझेनौं ।’

उनले आफूले ‘जे भयो-भयो’ भन्ने सोच राखेर घरमा आउँदा पनि ढोका थुनेर बस्ने गरेको गुनासो गरेका छन् । उनले आफू नरहे पनि ‘तिम्लाई सधैँ माया गर्छु’ भनेर पनि लेखेकाले यो नोट लेख्न थालेका बेला दिनेशले आफूले मात्र आत्महत्या गर्ने मनसाय बनाएको हुनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

उनका अनुसार दिनेशले श्रीमती सुनितासँग सम्बन्धका विषयमा स-साना विषय पनि उल्लेख गरेका छन् । विगतमा साउदीमा कार्यरत रहँदा बिदामा नेपाल आएका बेला पनि श्रीमती सुनिता कहिल्यै खुसी नभएको भन्दै उनले गुनासो गरेका छन् ।

‘म बिदामा आएका बेला पनि तिमी कहिल्यै खुशी हुन्थेनौं, १५ दिनजति त फकाउँदा फकाउँदै जान्थ्यो’ नोटमा भनिएको छ, ‘तिमीले कहिल्यै पनि राम्रो व्यवहार गरेनौं ।’उनले नोटको दुई पानामा दाइको नाममा लेखेका छन् ।

त्यसमा उनले विभिन्न व्यक्तिसँग तिर्नुपर्ने ऋणको विवरण पनि उल्लेख गरेको स्रोत बताउँछ । एक सहकारीको नाम उल्लेख गर्दै उनले त्यहाँ भएका पैसा निकालिदिएर केही व्यक्तिलाई ऋण चुक्ता गरिदिन पनि भनेका छन् । उनले दाइलाई ‘घरको स्थिति थाहा छँदैछ, त्यसैले बिदा लिँदैछु’ समेत भनेका छन् ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनले सोमबार राति लामो समयपछि उकुसमुकुस मनोभावहरु पत्रमा पोखेका थिए ।’ सुरुआती पानाहरु हेर्दा उनले आफूमात्रै आत्महत्या गर्न खोजेको हुनसक्ने देखिने उनी बताउँछन् ।

उता माइती पक्षले भने मृतक दिनेश पाण्डेसँग जरंखु बस्ने एक महिलाको घटनामा संलग्नता रहेको आरोप लगाएका छन् । ती महिला मृतक दिनेशकी नाता पर्ने माइती पक्षको भनाई छ ।

ती महिलामाथि अनुसन्धान गर्नु पर्ने माइती पक्षको अडानले शव उठ्न दिएका थिएनन । ‘आरोपित महिलामाथि अनुसन्धान गर्ने सहमति भएपछि शव उठेको थियो । आरोपित महिला तारकेश्वरको जरंखु निवासी हुन् ।

मृत अवस्थामा भेटिएका दिनेशसँग ती महिलाको अनैतिक सम्बन्ध रहेको माइती पक्षको आरोप छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राधाकृष्ण खड्कीले बताए ।

Comment