नेपाल आएका भारतीय अभिनेता हर्षवर्धनसँग फोटो खिच्न युवतीहरूको ‘तछाडमछाड’ – Gandaki Chhadke
Friday, August 12

नेपाल आएका भारतीय अभिनेता हर्षवर्धनसँग फोटो खिच्न युवतीहरूको ‘तछाडमछाड’

August 3, 2022

काठमाडौँ

बलिउड अभिनेता हर्षवर्धन राणे केही दिनयता नेपालमा छन्। आफ्नो एक साथीको रिसेप्सनमा सहभागी हुन उनी नेपाल आएकाे बुझिएकाे छ।

उनले ‘मिट एन्ड ग्रिट’ भन्दै सोमबार आफू लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा जान लागेको जानकारी फ्यानलाई गरासँगै उनलाई भेट्न युवतीहरू टाढा–टाढाबाट सेल्फी खिच्न र टिकटक बनाउन कै लागि आएका थिए।

राणे त्रिसरा पुग्नुअघि नै उनका फ्यानहरू त्यहाँ पुगिसकेका थिए। उनी गाडीबाट झरेदेखि फोटो र सेल्फी खिच्नेको घुइँचो थियो। केही युवतीहरू उनलाई देख्नासाथ गल्र्याम्म अङ्गालो हाल्दै रोइरहेकाे देख्न सकिन्छ।

तस्बिर खिचाउँदा र अङ्कमाल गर्दा पनि युवतीहरूलाई राणेले हात नलगाएको भन्दै फ्यानले उनको प्रशंसा गरिरहेका छन्। केही फ्यानले नारी प्रती रानेकाे सम्मान देखेर आफू भावूक भएकाे समेत बताएका छन्।

राणे भारतमा खासै चलेका कलाकार भने होइनन्। २०१६ मा रिलिज भएको चलचित्र ‘सनम तेरी कसम’ बाट उनले बलिउडमा इन्ट्री गरेका थिए।

यो पनि -नेपाली फुटबल टिमका गोलकिपर किरण चेमजोङले आफ्नो प्रेमिकालाई खेल मैदानमै विवाहको प्रस्ताव राखेका छन्।

उनले सोमबार राति माल्दिभ्सको फुटबल मैदानमा आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन्। सोमबार राति माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल भएको थियो।

लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जितेकाे थियाे। किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका थिए। त्यही खुसीयालीमा उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव राखेका हुन्।

किरणले मैदानमा आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव राखेकाे भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

Comment