अष्ट्रेलिया ।
रिजर्व बैंक अफ अष्ट्रेलियाले पुनः ब्याजदर बढाएको छ। मुद्रा स्फीति बढ्दै गएपछि रिजर्व बैंकले लगातार चौथो महिना व्याजदर बढाएको हो।
रिजर्व बैंकको मासिक बैठकको क्रममा ब्याजर ५० आधार बिन्दुले बढेको हो। अर्थात् यो महिना अष्ट्रेलियाको ब्याजदर ०.५ प्रतिशतले बढेको छ।
पछिल्लो वृद्धिसँगै अष्ट्र्रेलियाको ब्याजदर १.८५ पुगेको छ। जुलाइमा यो दर १.३५ प्रतिशत रहेको थियो। रिजर्व बैंकले सन् १९९० पछि पहिलो पटक लगातार चौथो महिना ब्याजदर बढाएको यो पहिलो पटक हो।
अहिलेको वृद्धिले गत हप्ता वार्षिक मुद्रास्फीतिमा भएको वृद्धिलाई पछ्याएको छ। जुन ६.१ प्रतिशत पुगेको छ।यो मुद्रास्फिति २००१ पछि कै सबैभन्दा धेरै भएको अर्थविद्हरूले बताएका छन्।
मंगलबार बढेको ब्याजदरसँगै अब घरका लागि ५ लाख डलर ऋण लिएका व्यक्तिहरूले प्रतिमहिना १४० डलर थप किस्ता बुझाउनु पर्ने भएको छ।
Comment