शुक्रबार १४ आश्विन २०७९

बेलायतको सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको निधन पछि राजा चार्ल्स तृतीय ठूलो सम्पत्तिको उत्तराधिकारी बन्न तयार छन्। उनको राज्याभिषेक समेत भइसकेको छ। उनले सिंहासनमा बसेको ७० वर्षदेखि ५० करोड डलरभन्दा बढीको व्यक्तिगत सम्पत्ति छोडेको फर्च्युनले जनाएको छ।

अब उक्त सम्पत्तिको हकदार चार्ल्स तृतीय रहेका छन्। तर, महारानी एलिजावेथले ५० करोड डलरभन्दा बढी सम्पत्ति छोडेको बताइएको छ। द फर्च्युनका अनुसार यति छ एलिजावेथ द्वितीयले छोडेको सम्पत्ति। रानीले सार्वभौम अनुदान भनेर चिनिने सुविधा मार्फत वार्षिक रकम प्राप्त गरेकी थिइन्।

उनले जनसंख्या अनुसार प्रति व्यक्ति करीब १.२९ पाउण्ड प्राप्त गरेकी छिन्। यो वार्षिक अनुदान हो। अष्ट्रेलियन डलरमा यो रकम प्रति व्यक्ति लगभग २.२३ डलर हुन्। जुन गत आर्थिक वर्षमा कुल करीब १९ करोड डलर थियो। उक्त रकम रानीको घरपरिवारको आधिकारिक यात्रा, सम्पत्ति मर्मत र सञ्चालन खर्च जुटाउन प्रयोग गरिन्थ्यो।

करीब १८ करोडको तलब बाहेक रानीले पनि लगभग ३८ अर्ब डलर बराबरको सम्पत्तिमा स्वामित्व समेत राखेकी थिइन्। सम्पत्तिहरूमा क्राउन एस्टेट, साथै बकिंघम प्यालेस, डची अफ ल्यान्कास्टर, डची अफ कर्नवाल, केन्सिङ्टन प्यालेस र क्राउन एस्टेट स्कटल्याण्ड समावेश छ।

राजपरिवारले यी मध्ये कुनै सम्पत्ति बिक्री गर्न त पाउँदैनन्। तर पनि शाही परिवारले क्राउन एस्टेटको आम्दानीबाट नाफाको २५ प्रतिशत प्राप्त गर्नेछन्।अहिलेसम्म शाही परिवारका गरगहनाको कुनै मूल्य गरिएको छैन। बहुमूल्य भएता पनि ती गहनाहरूको बिमा नगरिएको बताइएको छ।

तिनीहरूको मूल्यको लागि कुनै आधिकारिक तथ्याङ्क छैन। तर पनि गरगहना तथा आभूषण संग्रह करीब ५.५ अर्ब डलरको भएको अनुमान भने गरिन्छ।


Last Updated on: September 10th, 2022 at 11:21 pm

तपाईको प्रतिक्रिया