Monday, August 15

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाका प्रतियोगीहरुको तालिम शुभारम्भ

August 3, 2022

अमेरिका

बिश्वको सम्राट राज्य न्यूयोर्कमा आगामी अगस्त ६ का दिन आयोजना मिस नेपाल नर्थ अमेरिकाका प्रतियोगीहरुको तालिम शुभारम्भ भएको छ ।

गत अगस्त १ देखि तालिम सुरु गरिएको आयोजकका तर्फबाट मिस नेपाल नर्थ अमेरिकाका संस्थापक सैलेश श्रेष्ठले बताए । ५ दिन सम्म चल्ने तालिममा प्रतियोगीहरुलाई चाहिने सबै तालिम प्रदान गरिने छ ।

पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ यो प्रतियोगिताको लागि आधिकारिक मुख्य प्रशिक्षक हुन भने अगस्त १ देखि नै उनले तालिम दिन सुरु गरेकी छिन ।

यसै गरि यस प्रतियोगिताको लागि आधिकारिक छायाचित्रकार(फोटोग्राफर) नाम्लो इभेन्ट्स रहेको छ भने यस्का संचालक विक्रान्त मान श्रेष्ठलाई भ्याई नभ्याई भएको छ ।

शृंखलाबद्ध रुपमा उनले निरन्तर तस्बिरहरु कैद गरि रहेका छन् । आज १४ जना प्रतियोगीहरुलाई योगा शिक्षक तेन्जिन पाल्डोन ले योगा सिकाएकी छिन ।मिस नेपाल नर्थ अमेरिका २०२२ का लागि शीर्ष १४ मा पर्न सफल भएका छन ।

तालिममा सहभागी हुनेहरुमा क्रमस आन्या थापा कोलोराडो,बिष्णु मिश्रा ओहायो, दिया पन्त पेनसेलभेनिया, मिङ्ग्मा शेर्पा न्ययोर्क, राजीना कार्की न्यू मेक्सिको, रिया बराल क्यान्सस ,सारा कार्की टेक्सस, सरोज तामाङ्ग मिसिगन , शिला बस्नेत सान फ्रान्सिस्को ,शिभालिका भण्डारी टेक्सस, प्रतियुषा बोहरा टेक्सस ,स्वस्तिका लयालु टेक्सस ,छिरिंग शेर्पा न्यूयोर्क तथा जानकी राई न्यूयोर्क रहेका छन् ।

आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर(सम्पूर्ण प्रशिक्षण) ,नायिका स्वस्तिमा खड्का परामर्शदाता(मेन्टर) तथा सहाना बज्राचार्य आधिकारिक कार्यक्रम प्रस्तोता रहने छिन ।

बिशेष अतिथिमा हालसालै नेपालमा सम्पन्न भएको मिस नेपाल २०२२ (नेपाल सुन्दरी -२०२२ )की बिजेता प्रियङ्का रानी जोशीको पनि सहभागिता हुनेछ । मिस नेपाल नर्थ अमेरिका २०२२ (उत्तर अमेरिका नेपाल सुन्दरी )को समापन प्रतियोगिता न्यूयोर्कको क्विन्स शहरको मेलरोज बलरुममा अगस्त ६ का दिन शनिबार आयोजना हुनेछ ।

Comment