सुटिङका क्रममा जब यी अभिनेतासँग अनिल कपुरको झगडा पर्यो – Gandaki Chhadke
Friday, August 12

सुटिङका क्रममा जब यी अभिनेतासँग अनिल कपुरको झगडा पर्यो

August 3, 2022

एजेन्सी ।

बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल र अनिल कपुर । पछिल्लो ३५ वर्षदेखि यी दुई कलाकारबीच बोलीचाली बन्द रहेको छ । आखिर ३५ वर्ष अगाडि के भएको थियो ?

सो घटनाका कारण यी दुई अभिनेताले एकअर्कालाई देख्न पनि सकेनन् । सन् १९८३ मा आएको फिल्म थियो राम अवतार यस फिल्ममा अनिल कपुर सन्नी देवल मुख्य भुमिकामा रहेका थिए ।

यो फिल्ममा एउटा सिन रहेको थियो जहाँ सन्नी देवलले अनिल कपुरको गला समात्नु थियो । सन्नी देवलले अलि बढी नै बल गरेर उनको घाँटी थिचेपछि अनिल रिसाएका थिए ।

सिन सकिएपछि यी दुईबीच झगडा नै भएको थियो । दोस्रो फिल्ममा यी अभिनेताहरुसँगै काम गर्न चाहन्थेनन् । तर, दुवै अभिनेताको निर्देशकसँग राम्रो सम्बन्ध भएका कारण उनीहरुले नाइ भन्न सकेनन् ।

अन्नत फिल्म इन्तकाममा यी दुईले काम गरे । यस फिल्ममा सन्नी देवलको अगाडि अनिलले चर्को स्वरमा डाइलग बोल्नु थियो । उक्त सिनमा अनिलको मुखबाट केही थुकहरु सन्नी देवलको मुखमा पर्न गयो ।

त्यति भएपछि सन्नी देवलले पनि आफुलाई रोक्न सकेनन् र आफुमाथि जानाजान थुकेको आरोप उनले लगाए र अनिल कपुरको कठालो नै समाते । फिल्म युनिटले बल्ल बल्ल उनीहरुलाई सम्झाए ।

पछि यी दुईको चर्चा निकै चल्यो । उक्त फिल्म ढिला रिलिज भयो । सन्नी देवलभन्दा अनिल कपुरको तस्बिर फिल्म पोस्टरमा माथि राखेपछि झन् बबाल हुन पुग्यो ।

सन्नी देवलका पिता धर्मेन्द्रले पनि उक्त पोस्टरबार जानकरी लिए । बोनी कपुर अनिलका दाई यस्तो निर्णय गरेको थाहा पाएपछि देवल परिवारले कपुर परिवारसँग सबैसम्बन्ध तोडेको थियो ।

Comment