मंगलबार १८ आश्विन २०७९

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले एमालेसंग सबै हिसाबले मुकाविला गर्ने तागत आफुहरुसंग मात्रै रहेको जिकिर गर्नुभएको छ ।आज काठमाण्डौमा नेपाल तरुण दल काभ्रे कार्य समितिको बृहत भेलालाई सम्बोधन गर्दै सभापति लामाले यो तागतबाट काभ्रे कांग्रेस कहिल्यै पछि नहट्ने भन्दै संगठन, विचार र जुझारुपन कायम राख्न तरुण दललाई दिर्नेशन दिनुभयो ।

सभापति लामाले तरुण दललाई आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको तयारीमा छुट्न समेत कडा निर्देश दिनुभएको छ ।सभापति लामाले विचारमा तरुण, संगठनमा तरुण र जुझारु संगठनको रुपमा काम गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।

‘मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन तपाईहरु जनताको घर घरमा पुग्नोस् । युवाहरुको हरेक सुख, दुःखमा साथ दिन नेपाली कांग्रेस काभ्रे तयार छ । सभापति लामाको भनाई छ ।’

स्थानीय तहको निर्वाचनमा जिल्लाको १३ वटै पालिकामा नेपाली कांग्रेसको उपस्थिति रहेको र वडामा समेत आफुहरुको बलियो सहभागिता रहेको भन्दै सभापति लामाले संगठन र विचारमा नेपाली काग्रेस काभ्रेमा निकै बालियो रहेको दाबी गर्नुभयो ।

‘नेपाली कांग्रेस काभ्रेमा बलियो शक्ति बनेको छ । यसलाई हामीले आगामी प्रदेश र संघको निर्वाचनबाट थप पुष्टि गर्न आवश्यक छ । तपाई युवा साथीहरु नेपाली कांग्रेसको विधि र विधानमा रहेर अघि बढ्नोस् । सिंगो पार्टी तपाईहरुसंगै हुनेछ । सभापति लामाको भनाई छ ।’

सभापति लामाले राजनीति निकै कठिन चिज भएको बताउनुभयो । ‘म अहिले काभ्रे कांग्रेसको नेतृत्व गरिरहेको छु । राजनीति निकै कठिन चिज हो । सबै खालका मोडहरुलाई पार गर्दै काभ्रेली जनताको मुहारमा खुशी छर्न आवश्यक छ ।पार्टीले लिएको नीति र दिएको निर्देशन, पार्टीको विधि र विधान अनुसार अनुशासित भएर लाग्नु होला ।

गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न दत्तचित्त भएर लाग्नुहोस् । सभापति लामाले भन्नुभयो ।’सभापति लामाले काभ्रे जिल्लाको दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धन दललाई जिताउने दायित्व समेत नेपाली कांग्रेसको रहेको भन्दै त्यही अनुसार जनतालाई सुशुचित गर्न तरुण दलका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सभापति लामाले अहिले जिल्ला कार्य समितिमा जिम्मेवारी पाइएन भनेर कोही पनि निराश नहुन आग्रह गर्नुभयो । ‘तपाईहरु युवा हुनुहुन्छ । तरुण हुनुहुन्छ । नजानेको कुरा जान्न र बुझ्न प्रयास गर्नु होला ।संगठनलाई चुस्त दुरुस्त राख्नु होला । युवा कोशिस गर्यौ भने नसक्ने केही छैन ।

जिल्ला, पालिका देखि वडासम्म थुप्रै युवाहरुले तरुण दलमा बसेर आफ्नो राजनीतिलाई अघि बढाउन सक्नु हुन्छ । सभापति लामाले भन्नुभयो ।’काठमाण्डौको भेलाले नेपाल तरुण दलका काभ्रे जिल्ला कार्य समिति अध्यक्षमा सुजन लामा सर्वसम्मत चयन हुनुभएको छ ।


Last Updated on: September 11th, 2022 at 12:35 am

तपाईको प्रतिक्रिया