Ultimate magazine theme for WordPress.

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरामा सङ्क्रमणको पुष्टि

291

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा जेठा छोरामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ट्रम्पका जेठा छोरामा सङ्क्रमणको पुष्टि भएपनि लक्षण नदेखिएको उहाँका प्रवक्ताले बताउनुभएको छ ।बीबीसीका अनुसार ट्रम्पका दोस्रो सन्तानमा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि ट्रम्पका कान्छो छोरा बरोन ट्रम्पमा समेत कोभिड–१९ को सङ्क्रमण भएको थियो । कोरोना पुष्टि भएपछि ४२ वर्षीय ट्रम्प जुनियर चिकित्सकको निगरानीमा रहनुभएको उहाँका प्रवक्ताले जनाएका छन् ।

बुवा डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचन अभियानमा जुनियर ट्रम्पले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।यसअघि गत् जुलाई महिनामा जुनियर ट्रम्पका प्रेमिका किम्बर्ली गुइलफोलमा समेत सङ्क्रमणको पुष्टि भएको थियो । उहाँ फक्स न्यूजको समाचारवाचिका हुनुहुन्छ ।