Wednesday, August 10

के गर्दैछन् ‘सनम तेरी कसम’ का हिरो काठमाडौँमा ?

August 3, 2022

एजेन्सी :

बलिउड अभिनेता हर्षवर्धन राणे(Harshvardhan Rane) यतिबेला राजधानी काठमाडौँमा छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले गरेको पोस्ट अनुसार उनी गत शुक्रबार नेपाल आगमन गरेका हुन्।

हवाई मार्गबाट आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा कदम राखेका हुन्। सोही दिन उनी पाँचतारे होटल र्‍याडिसनमा आयोजित एक रिसेप्सन पार्टीमा पुगेका थिए।

नवविवाहित जोडीसँग तस्बिर खिच्दा होस् या डान्स गर्दा होस् उनले आफूसँग एउटा चिज कहिल्यै छुटाएनन्, त्यो हो क्यामेरा। यसले उनको फोटोग्राफी प्रतिको गहिरो रुचि देखाउँछ।

आइतबार उनले बसन्तपुर परिसरमा घुमघाम गरेका छन्। आइतबार इन्स्टाग्राममा गरेको पोस्ट अनुसार उनले नेवारी परिकारको स्वाद चाख्नुका साथै लाखे नाचलाई नजिकैबाट नियाल्ने मौका पाएका छन्।

भिडियोमा उनलाई देखेर नेपालीहरु खुशी हुनुका भावुक भएका छन्। यहीँ कुराले नेपालमा उनको लोकप्रियता प्रष्ट पार्छ। भारतीय चलचित्र अभिनेता हर्षवर्धन राणेले मुख्य रूपमा तेलुगु सिनेमामा काम गरेका छन्।

उनी तेलुगु फिल्म थाकिता थाकिताबाट चिनिन्छिन्। हर्षवर्धनले २०१६ को फिल्म सनम तेरी कसमबाट बलिउड सिनेमामा डेब्यू गरेका थिए। ३८ वर्षीय हर्षवर्धन राणेको जन्म १६ डिसेम्बर सन् १९८३ मा भारतको आन्ध्र प्रदेशमा भएको थियो।

उनको पिताको नाम विवेक राणे हुन् जो पेशाले डाक्टर हुन्। हर्षको परिवार हैदराबादमा बस्छन्। उनको एक बहिनी पनि छिन्, जसको नाम रोहिणी हो।

हर्षले फिल्म सनम तेरी कसमबाट बलिउडमा डेब्यु गरेका थिए, जसमा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए।

आफ्नो पहिलो फिल्म पछि हर्ष आफ्नो दोस्रो फिल्म ‘तैश’ मा देखिए। त्यसपछि उनले क्राइम थ्रिलर फिल्म हसीं दिलरुब्बाबाट आफ्नो अभिनयको जादू देखाए ।

Comment