अग्लो खाइलाग्दो शरीर टिकटकमा भाइरल सायोमा लिम्बु (फोटो फिचर) – Gandaki Chhadke
Friday, August 12

अग्लो खाइलाग्दो शरीर टिकटकमा भाइरल सायोमा लिम्बु (फोटो फिचर)

August 3, 2022

काठमाडौँ

चिनिया एप टिकटक अहिले विश्व भरि लोकप्रिय छ । पछिल्लो समय टिकटकमा बच्चा तन्नेरीदेखि उमेर ढल्किएका सम्म झुम्मिने गर्छन् ।

टिकटकमा दिनहुँ नयाँ नयाँ ब्यक्ती भाइरल हुनेगर्छन् । कोही टिकटककै कारण स्टार समेत भइरहेका छन । यसैक्रममा एक हट मोडल बनि टिकटकमा भाइरल बनिरहेकी छन् । उनको असाध्यै बोल्ड अवतारले समाजिक संजाल तताइरहेको छ ।

उनको नाम शायोमा लिम्बु हो । उनले बनाएका निकै बोल्ड टिकटकले तहल्का नै मच्चाइरहेका छन् । त्यस्तै उनका बोल्ड तस्बिरले सामाजिक संजालमा तरंग नै ल्याएको छ ।

केहि दिन पहिला उनले लुंगीमा सजिएर देखिएका तस्बिले झनै चर्चा पाएका छन । उनका लुंगी अवतारले निकै चर्चा पाएका छन् ।

टिकटकमा भाइरल हुने मन छ ?

टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२१ मा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो ।

केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ । याे एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ ।

टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् ।

टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ । अधिकांश किशोर-किशोरीहरूले रमाइलो नृत्यका भिडिओहरू खोज्दा, अन्य अधिकांश मानिसहरूले सबै प्रकारका सामग्रीहरू हेर्न पनि टिकटक प्रयोग गरिरहेका हुन्छन् ।

यसमा सरसफाइ, खाना पकाउने, घरपालुवा जनावरको ख्याल राख्ने वा चित्र बनाउने भिडिओहरू समावेश हुन सक्छन्, जहाँ क्रियटरहरूले विभिन्न सुझाव वा अन्य थप कुराहरू शेयर गरिरहेका हुन्छन् ।

यस्ता भिडिओहरू कसरी भाइरल भए होलान् भन्ने सोचमा हुनुहुन्छ भने आज स्मल बिजनेस ट्रेन्डले प्रस्तुत गरेका केही उपाय उल्लेख गर्दैछौं ।

१. भिडिओको समय सीमित

अहिलेको डिजिटल उपभोक्ताहरूको समयलाई हेर्ने हो भने उनीहरू एउटा सामग्रीको लागि धेरै समय दिन चाहँदैनन् । कुनै भिडिओमा राम्रो सामग्री दिइएको छ भने पनि त्यो भिडि‌ओ धेरै लामो छ भने सबैलाई त्यसलाई रुचाउँदैनन् ।

विशेषगरी मनोरञ्जनको कुरामा दर्शकहरूको आकर्षण एकैछिनमा परिवर्तन हुन्छ । यस्तोमा टिकटकले पनि भिडिओ‌को समयसीमा तोकेको छ । त्यसैले जति नै छोटो तर सिर्जनात्मक भिडिओ बनाउनुहुन्छ, तपाईंको भिडिओ त्यति नै धेरै प्रयोगकर्ताले हेर्ने सम्भावना हुन्छ ।

२. अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा पनि भिडिओ शेयर

टिकटकको व्यापक लोकप्रियताका कारण छोटो भिडिओको प्रवृत्ति सबै सामाजिक सञ्जालमा पनि प्रचलित भएको देख्न सकिन्छ । आज, फेसबुक, इन्स्टाग्राम र युट्युवजस्तो प्लेटफर्मले पनि छोटो भिडिओ सामग्रीको प्रचार गरिरहेका छन् ।

३. निरन्तर भिडिओ पोस्ट

यदि तपाईंको भिडिओ धेरैजनामा पुगोस् भन्ने चाहनुहुन्छ भने भिडिओ निरन्तर पोस्ट गर्नुहोस् । अथवा भिडिओ राख्ने समय छुट्टाउन सक्नुहुन्छ ।

धेरै फलोअर भएका प्रयोगकर्ताले भिडिओ निरन्तर रुपमा राख्ने गर्छन् । किनभने टिकटकको अल्गोरिदमले पनि साइटमा धेरै ट्राफिक ल्याउनसक्ने कन्टेन्ट क्रिएटरहरूलाई नै प्रोमोट गर्ने गर्छ ।

यसको अर्थ प्रत्येक घण्टामा भिडिओ पोस्ट गर्नुपर्छ भन्ने होइन । तर कम्तिमा एक दिनमा एउटा भिडिओ पनि राख्नुभयो भने अन्य प्रयोगकर्ताले प्रत्येक समय टिकटक खोल्दा नयाँ भिडिओ स्क्रिनमा देख्न सक्छन् र फलो गर्न पनि रुचाउँछन् ।

४. नयाँ ट्रेन्ड फलो

हरेक हप्ता टिकटकमा केही न केहि नयाँ ट्रेन्ड आइरहेको छ । ट्रेन्डमा आएका गीत, अडियाे (आवाज), नृत्य अथवा अन्य कुनै ट्रेन्डमा आएका गतिविधिलाई फलो गर्ने गर्नुहोस् ।

नयाँ ट्रेन्डमा आएका भिडिओहरू नै प्रायः भाइरल हुने गरेका छन् । यसका लागि टिकटकमा नयाँ ट्रेन्ड के छ भनेर टिकटककै ‘डिस्कभर’ अप्सनमा हेर्न सकिन्छ । त्यहाँ सबैभन्दा चलेको ह्यासट्याग, धैरै चलेको गीत, आवाज भेट्न सकिन्छ, जसमा भिडिओ बनाउन सक्नुहुन्छ ।

५. सान्दर्भिक ह्यासट्यागहरू प्रयोग

आजको दिनमा सामाजिक सञ्जालमा ह्यासट्यागको निकै महत्त्व छ । ह्यासट्यागले तपाईंको भिडिओको र्‍याकिङ सुधार गर्न अथवा धेरै प्रयोगकर्ता सम्ममा भिडिओ पुग्नको लागि मद्दत गर्छ । यसले तपाईंको भिडिओ थप बुस्ट हुन सहयोग पुग्छ । त्यसैले ह्यासट्याग प्रयोग गर्न नभुल्नुहोस् ।

६. निष्कृय नबस्नुहाेस्

सामाजिक सञ्जालका अन्य प्लेटफर्म जस्तै टिकटकमा कमेन्ट गर्ने, अन्तरक्रिया गर्ने विकल्प छ । यदि तपाईं फलोअर बढाउन चाहनुहुन्छ भने तपाईंले टिकटकमा निष्कृय भएर अरुको भिडिओ मात्र हेरेर बस्नु उचित हुदैँन ।

यसको लागि तपाईंले अरूको भिडिओहरूमा पनि कमेन्ट गर्ने, आफ्नो भिडिओमा आएका कमेन्टहरूमा रिप्लाइ दिने, लाइक गर्ने गर्नु जरुरी छ । यसले तपाईंको फलोअर बढाउन मद्दत गर्छ ।

Comment