
गायक कमल खत्री र मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरूले इन्गेजमेन्ट गरेको जानकारी दिएका हुन्। ‘जीवनको नयाँ अध्यायको सुरुआत तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो।
चाहना यति छ कि साथ र माया सधैं पाइरहुँ। जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौं,’ गायक खत्रीले फेसबुकमा लेखेका छन्।कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो।
उनीहरूले सांकेतिक रुपमा प्रेममा रहेको बताए पनि खुलेर कुरा गरेका थिएनन्। कमल र मेलिनाले ‘गुनगुनाउने बानी’ र ‘म गीत हुँ तिम्रो’ बोलको गीतमा स्वर दिएका छन्। कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन् । उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।
यो पनि – लोकप्रिय गायिका अञ्जु पन्त तथा आशिष अविरलको स्वर रहेको गीत ‘छुनुमुनु छुनुमुनु’ श्रोताले मन पराएका छन् ।यी गीत युट्युब ट्रेण्डिङको १८ औं स्थानमा छ । गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
यो गीतको भिडियो आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । आशिष अविरलकै संगीत संयोजन तथा संगीत रहेको गीतको शब्द रचना एक नारायण भण्डारीले गरेका हुन् ।
गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका हुन् ।