Wednesday, August 10

नेपालमा ह्वात्तै बढ्यो कोरोना , आज मात्रै थपिए यति धेरै संक्रमित [संख्या सहित]

August 3, 2022

काठमाण्डाै –

नेपालमा पछिल्लो दिन हरुम,आ कोरोना संक्रमित निरन्तर बढिरहेका छन् । पछिल्लो २४ घण्टामा नौ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआरबाट ५९० र एन्टिजेनबाट ३२५ जनाको नमुना परीक्षण गर्दा नौ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबारको डा.अधिकारीले दिनुभएको जानकारी अनुसार २४ घण्टामा ३०९१ पीसीआर र २९९१ एन्टिजेन गरी ६००२ कोरोना परीक्षण भएको छ । यही अवधिमा तीन सय एक जना कोरोना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा पाँच हजार चार सय ३३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

अघिल्वद्य साता संक्रमणदर १२ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको अधिकारीले बताउनुभयो। डा.अधिकारीका अनुसार ४३ जना कोरोना संक्रमित आइसीयूमा उपचार भइरहेको छ ।

यसमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । यसैबीच पछिल्लो २४ घण्टामा ५५ हजार पाँच सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि -हिजो मङ्गलवार सामान्य घटेको शेयर बजार आज बुधवार ६ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय ८६ दशमलव ७७ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार कित्ता शेयर चार अर्ब दुई करोड रुपैयाँका कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज स्ट्यान्डर्ड चार्टेड बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

Comment