Monday, August 15

बलिउड अभिनेता हर्षवर्धनलाई देख्नासाथ गल्र्याम्म अङ्गालो हाल्दै रुन थाले नेपाली युवतीहरु…

August 3, 2022

काठमाडौँ :

गत बिहिबार नेपालको राजधानी काठमाडौँ आएका बलिउड अभिनेता हर्षवर्धन राणे मङ्गलबार आफ्नो देश फिर्ती भईसकेका छन्।

नेपाल आगमनदेखि प्रस्थानसम्मको नेपालको बसाई अविस्मरणीय भएको उनले बताएका छन्। नेपालको छोटो बसाईको क्रममा उनले विवाहोत्सवमा उपस्थिति, लाखेनाचको अवलोकन, नेवारी परिकार स्वाद लिनुकादेखि बसन्तपूर परिसरको घुमघामसमेत गर्न भ्याएका छन्।

यसैबीच उनले फ्यानहरुसँग भेटघाट पनि गरेका छन्। उनले लाजिम्पाटस्थित त्रिसरा रेस्टोरेन्टमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम राखेका थिए। उनी त्रिसरा पुग्दा फोटो तथा भिडियो खिच्नेको ताँती नै लागेको थियो।

युवतीहरुलाई अभिनेता राणेसँग टिकटक भिडियो खिच्न र फोटो खिच्न भ्याईनभ्याई भएको थियो। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले पोस्ट गरेको भिडियोमा केही युवतीहरु उनलाई देखेर गल्र्याम्म अङ्गालो हाल्दै रोइरहेको देख्न सकिन्छ।

केही युवतीहरु ‘आइ लभ यु‘ भन्दै चिच्याइरहेको पनि देख्न सकिन्छ। नेपाली युवतीहरुमाझ उनी कुन हदसम्म लोकप्रिय रहेछन् भन्ने यो भिडियोले देखाउँछ। उनी भारतमा भने खासै नाम चलेका कलाकार होइनन्।

हर्षले इन्स्टामा पोस्ट गरेको भिडियोमा उनलाई युवतीहरुले चारैतिरबाट घेरेका छन् र उनीसँग अटोग्राफ लिन र फोटो खिच्न युवतीहरुले तछाडमछाड गरेका छन्। भिडियोमा एउटी युवती हर्षलाई अङ्गालोमा बेर्दा थरथरी कामेकी पनि देख्न सकिन्छ।

भारतीय चलचित्र अभिनेता हर्षवर्धन राणेले मुख्य रूपमा तेलुगु सिनेमामा काम गरेका छन्। उनी तेलुगु फिल्म थाकिता थाकिताबाट चिनिन्छिन्। हर्षवर्धनले २०१६ को फिल्म सनम तेरी कसमबाट बलिउड सिनेमामा डेब्यू गरेका थिए।

३८ वर्षीय हर्षवर्धन राणेको जन्म १६ डिसेम्बर सन् १९८३ मा भारतको आन्ध्र प्रदेशमा भएको थियो। उनको पिताको नाम विवेक राणे हुन् जो पेशाले डाक्टर हुन्। हर्षको परिवार हैदराबादमा बस्छन्। उनको एक बहिनी पनि छिन्, जसको नाम रोहिणी हो।

हर्षले फिल्म सनम तेरी कसमबाट बलिउडमा डेब्यु गरेका थिए, जसमा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए। आफ्नो पहिलो फिल्म पछि हर्ष आफ्नो दोस्रो फिल्म ‘तैश’ मा देखिए। त्यसपछि उनले क्राइम थ्रिलर फिल्म हसीं दिलरुब्बाबाट आफ्नो अभिनयको जादू देखाए। भिडियो

Comment