आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत घुससहित पक्राउ – Gandaki Chhadke
Friday, August 12

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत घुससहित पक्राउ

August 3, 2022

काठमाडौं-

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका एक कम्प्युटर अधिकृत घुस रकमसहति पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालयको टोलीले कार्यालयका कम्प्युटर अधिकृतलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको हो। विवरण लिने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ।

घुससहित पक्राउ परेका कम्प्युटर अधिकृतको नाम खुलेको छैन। यसअघि मंगलबार अख्तियारको टोलीले पर्यटन मन्त्रालयका उपससचिव प्रमोद नेपाललाई ६ लाख घुस रकम र स्रोत नखुलेको साढे १६ लाखसहित पक्राउ गरेको थियो।

यो पनि = राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंसहित देशभर भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ।

पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा राप्रपाले कालोपट्टी बाँधेर भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरेको हो। राप्रपाले २०४७ पछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गर्न माग गरिरहेको छ।

१ असारमा २२ सुत्रीय माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको राप्रपाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरेको हो। उसले यसअघि असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्षको कार्यक्रम गरेको थियो।

त्यस्तै साउन ११ देखि ३१ गतेसम्म दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेर भदौमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी भइरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थालगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।

Comment