शुक्रबार १४ आश्विन २०७९

रुसकी चर्चित मोडल तथा हलिउड नायिका इरिना सेक र स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोबीचको प्रेम निकै गाढा थियो। उनीहरु पाँच वर्षसम्म सँगै देखिए। प्रत्येक कार्यक्रम र भ्रमणमा सँगै हुन्थे। सन् २०१० देखि सुरुवात भएको प्रेम सम्बन्ध २०१५ मा पुगेर टुंगियो। तर यसरी उनीहरुको प्रेम टुंगिन्छ भनेर कसैले सोचेका थिएनन्।

के इरिनाले रोनाल्डोलाई धोका दिएकी हुन्? होइन, उनले मारिया डोलोरेस, क्रिस्टियानो रोनाल्डोको आमाको अपमान गरिन्। डोलोरेसको ६० औं जन्मदिनमा इरिनालाई पनि बोलाइएको थियो।तर उनले रोनाल्डोको आमाको जन्मदिनमा जान अस्वीकार गरिन्।

उनले रोनाल्डोलाई नजान भनिन्। यो रोनाल्डो र आफ्नो आमाको लागि ठूलो अपमान र बेइमानी थियो। त्यसबेला इरिनाले आमा र आफूमध्ये एक रोज्न चुनौती दिएका थिए। रोनाल्डोले कुनै विचार गरेनन्। इरिनालाई त्याग गर्दै आमा रोजे। किनभने रोनाल्डोको आदर्श महिला भनेकै आमा हुन्।

क्रिस्टियानो जुनियरलाई समेत आमाको खाँचो थियो। आमा डोलोरेसले इरिनालाई त्यस दायित्व निभाउन पटकपटक आग्रह समेत गरेकी थिइन्। तर इरिनाले आमाको अनुरोध वेवास्था गरेकी थिइन्।

रोनाल्डो सानैदेखि परिवारमा विश्वास गर्ने व्यक्ति, परिवार नै उनको पहिलो प्राथमिकता। रोनाल्डोले ब्रेकअप दिनु अगाडि भनेका थिए,‘हामीले सोच्यौं यो नै उत्तम निर्णय हुनेछ। म उनलाई आगामी दिनको शुभकामना दिन चाहान्छु।’

यो पनि – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन। उनले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई इमेलमार्फत राजीनामा पत्र पठाएका हुन। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हाल कुवेतमा रहनुभएका प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा कार्यसमितिको बैठकले थप निर्णय गर्ने छ।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको घोषणा गरेका छन। नेपालको मुख्य प्रशिक्षक सम्हालेको पाँच सय २५ दिनपछि उनले राजीनामा दिएका हुन। “नेपाली फुटबल सेवाको पाँच सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु”, उनले सामाजिक सञ्जालमा लेखेका छन।

एन्फाले २०७७ चैत २२ गते एक वर्षका लागि अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसपछि अलमुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षका लागि नयाँ सम्झौता भएको थियो। अलमुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनशिपको फाइनल खेलेको थियो।

गत असोजमा माल्दिभ्समा भएको उक्त च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो। यसैगरी नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरणसमेत खेलेको थियो। गत वैशाख १३ गते अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए।

अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडी बीचको विवाद समाधानका लागि एन्फाले छानबिन समितिसमेत गठन गरेको थियो।अलमुताइरीको अनुपस्थितिमा एन्फाले केही समयअघि मात्र मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।


Last Updated on: September 11th, 2022 at 11:38 pm

तपाईको प्रतिक्रिया