शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नियुक्त गरेका कानुनी सल्लाहकारमाथि प्रश्न उठाएका छन्। अर्यालको चरित्र ठिक नभएको भन्दै सल्लाहकार नियुक्त गर्नु ठीक नभएको उनको भनाइ छ।

‘ओमप्रकाश अर्याललाई काठमाण्डु महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको पत्रिकामा पढें’, उनले भने, ओमप्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ, नोट होस् ।’अर्याल पत्नी पुनवेदी महर्जनलाई बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरजी श्रेष्ठले दुईपटकसम्म न्यायाधीश नियुक्तिको सिफारिस गरे पनि आफूले अस्वीकार गरेको राणाले बातए।

आफूले श्रीमतीलाई न्यायाधीश नियुक्त गर्न इन्कार गरेपछि अर्याल आफूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दर्ता गर्न गएको टिप्पणी उनले गरे ।त्यस्तै निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिएर सहजीकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन्देश पठाएको बताएका छन् ।

उनले संसदीय समितिमा यस्तो बयान दिएका हुन् । भने सहजीकरण गर्छौँ, फिर्ता लिन्छौँ । एक डेढ महिना काम गर्न दिन्छौँ, त्यसपछि दीपक कार्कीलाई दिऔँ भनेर सन्देश पठाउनुभएको थियो,” उनले भने ।सांसदहरुको आग्रहपछि उनले कांग्रेसकी नेतृ डिना उपाध्याय सन्देश लिएर आफ्नो घरमा आएको बताए ।

“कांग्रेसकी डिना उपाध्याय आउनुभएको थियो,” उनले भने, “प्रचण्ड र शेरबहादुरजीसँग सल्लाह गरेर आएको हो । महाभियोग फिर्ता लिन्छौँ मिलाएर राजीनामा दिनुस् भन्नुभयो मेरो घरमै आएर भन्नुभएको छ तर मैले मानिन ।”उनले आफ्नो महाभियोग पारित हुने अवस्थै नरहेको बताए ।

उनले आफ्नो निलम्बन पनि गैरकानुनी भएको बताए । न्यायापालिकालाई ध्वस्त गर्नका लागि गरिएका क्रियाकलापमात्रै भएको उनको भनाई थियो । उनले आफ्नो महाभियोग नै गैरकानुनी भएको दाबी गरे ।


Last Updated on: September 11th, 2022 at 11:43 pm

तपाईको प्रतिक्रिया