जापानी कम्पनीमा काम गर्नु अघि थाहा पाउनै पर्ने ६ कुरा – Gandaki Chhadke
Friday, August 12

जापानी कम्पनीमा काम गर्नु अघि थाहा पाउनै पर्ने ६ कुरा

August 3, 2022

काठमाडौँ

जापानी कम्पनीमा काम गर्नु भनेको अद्भूत अनुभव हो । तर शुरुआती दिनहरुमा जो कोहीले पनि यहाँ काम गर्दा गल्ती गर्न सक्छन् ।

आजको यस लेखमा हामीहरुले जापानी कम्पनीमा प्रवेश गर्नु अघि थाहा पाउनै पर्ने ६ कुराहरु बताउन गइरहेका छौं ।

१. नम्रता आत्मविश्वास भन्दा उत्तम हुन्छ ।

पश्चिमीहरुले आत्मविश्वास देखाउँदा बोली र व्यवहार दुबैबाट संकेत दिइरहेका छन् । तर जापानमा भने लजालु बोली र शारीरिक हाउभावमा समेत नम्रता देखाउँने अपेक्षा गरिन्छ ।

यस्तो परिस्थितिको व्याख्या गर्न २ ओटा सांस्कृतिक मूल्य छन्ः पहिलो ओतोनाशीइ जसोको अर्थ नम्र हुने भन्ने हुन्छ । अनि अर्को चाँहि इन्र्योउ हो ।

यसको अर्थ सम्मान पूर्वक संकोच देखाउन भन्ने हुन्छ । त्यसैले जापानीहरुले जस्तै गरी तपाईले पनि आफ्ना सहकर्मीहरुलाई सम्मान देखाएर उनीहरुको विश्वास जित्न सक्नु हुन्छ ।

२. नोमिखाईको शक्तिलाई कमजोर ठान्नु हुँदैन

नोमिखाई आफ्ना सहकर्मीबारे थाहा पाउने सबैभन्दा उत्तम तरिका हो । सहकर्मीहरुसँगको जमघट कार्य – जीवनको महत्वपूर्ण हिस्सा हो । जापानमा नियमित कार्य समय पछि सहकर्मीहरु बीच जमघट हिमचिम हुन्छ ।

बाहिरतिर यस्तो प्रचलन नरहन पनि सक्छ । तर जापानमा भने अवस्था फरक छ । नोमिखाई ( 飲み会 ) भनेको कार्य समयपछि सहकर्मीहरुबीच आयोजना हुने ड्रिङकिङ पार्टी हो ।

यस्तो पार्टीहरु बार वा रेस्टुरेन्टमा हुन्छ र अनि दिनभर कार्यालयमा भागदौडपूर्ण कामबाट आराम महसुस गर्न वा विशेष कार्यक्रमहरुमा यसको आयोजना हुन्छ । यी अनौपचारिक भेटघाटमा सहकर्मीहरुबीचको व्यक्तिगत सम्बन्ध समेत सुधार्न मद्दत मिल्दछ ।

३. गल्तीको लागि सहजै माफी पाइदैंन

पश्चिमी कार्यस्थलमा कुनै गल्ती गर्नु भयो भने यति लज्जित हुनु हुनेछ कि यस्तो गल्ती पुन नदोहोर्याउन तपाईले उप्रान्त अतिरिक्त सचेतना अपाउनु हुनेछ ।

तर जापानमा भने स – साना विवरणहरुमा ध्यान नदिने बानीले तपाइले हाकिम , सहकर्मी र सुपरिवेक्षकहरुको विश्वास गुमाउनुहुनेछ । विश्वास पुन पलाउन तपाईले निकै प्रयास गर्नु पर्नेछ र यसका लागि लामो समय पनि लाग्नेछ । तपाईले आफूलाई लायक साबित नगर्दासम्म तपाईलाई हरेक काममा पाखा लगाइनेछ ।

४. शौचालयको सरसफाईले दिमाग स्वच्छ राख्न मद्दत मिल्छ

जापानीहरु सरसफाईका लागि निकै चर्चित छन् । उनीहरुले प्रतियोगीहरु पछि रंगशालामा छरिएका फोहोरहरु टिपेको, कार्यालय अगाडिको बाटो बढारेको त तपाईले बारम्बार देख्नु भएकै होला ।

जापानमा दिमागसफा राख्न शौचालय सफा राख्नु पर्छ भन्ने मान्यता छ । जापानीहरुलाई सानै उमेरदेखि सरसफाई सिकाइन्छ । प्राथमिक विद्यालयदेखि उच्च विद्यालयसम्म विद्याथीहरुलाई कक्षाकोठा मात्रै होइन करिडोर र वाशरुम समेत सफा गर्न लगाइन्छ ।

जेन संस्कृतिमा सरसफाई र पाककलालाई ध्यान जस्तै अध्यात्मीक अभ्यासका रुपमा हेरिन्छ । शिन्तो धर्ममा सरसफाई र देवत्वलाई एउटै रुपमा हेरिन्छ ।

५. गाइजिन कार्ड खेल्नु पनि कहिलेकाँही ठिकै हुन्छ ।

जापानी र विदेशीहरुको रहनसहन फरक फरक छ । जापानीहरु रेलमा खादैंनन् अनि एलिभेटरमा कुराकानी गर्दैनन् । उनीहरुले नगर्ने अन्य कयौं कुराहरु छन् । तर विदेशीहरुको लागि यी सबै व्यवहार देखाउन अलिक गाह्रो हुन्छ ।

यसको अर्थ के हो भने जापानीहरु जुन स्तरमा बाँचछन् विदेशीहरु पनि त्यहाँ त्यही स्तरमा बाँच्छन् भन्ने अपेक्षा गरिदैंन । विदेशीहरुले यस्ता केही व्यवहार नदेखाउँदा पनि खासै फरक पर्दैन ।

कम्पनीले पनि विदेशीको रुपमा प्रदर्शन गर्नु भएको क्षमता हेरेर तपाईलाई भर्ती गरेको हो । त्यसैले गाइजिनको रुपमा तपाईले केही व्यवहार आफ्नै तरिकाले गर्दा कसैले केही भन्दैन । जस्तैः जापानी कर्मचारीहरुले नम्रता र सम्मानलाई निकै महत्व दिन्छन् ।

त्यही भएर निर्णय गर्ने हैसियतमा पुगेकाहरुलाई केही गाह्रो हुन सक्छ । तर तपाईले भने त्यस्तो हैसियतमा पुग्दा गाइजिन कार्ड खोल्न सक्नु हुन्छ । यस्तो गर्दा तपाईलाई कसैले पनि गलत तरिकाले हेर्दैनन् ।

६. व्यक्तिगत र स्वास्थ्य सम्बन्धी मामिलामा दयालु दृष्टिकोण

पछिल्लो समय धेरैजसो जापानी कम्पनीहरुले स्वास्थ्य बद्र्धक रुपमा कार्यलय र निजी जीवनलाई सन्तुलित बनाउन खोजेका छन् । हुन त जापानको कार्य संस्कृति लामो समयसम्मको ओभरटाइमका लागि प्रख्यात छ ।

तर पछिल्लो समय विस्तारै यहाँको कार्य संस्कृतिमा परिवर्तन आइरहेको छ । कम्पनीहरुले कर्मचारीको स्वास्थ्य र परिवार प्रतिको उत्तरदायित्वको सम्मान गर्न थालेका छन् । यसको सबैभन्दा राम्रो उदाहरण अभिभावक बिदा हो ।

जापानी कानूनले महिला र पुरुष दुबैलाई बच्चा जन्मेको एक वर्षसम्म मातृ र पितृ बिदा लिने अनुमति दिएको छ । तर जापानीहरु धेरै लामो बिदा लिँदैनन् ।

तपाईको बिदा धेरै नै सञ्चिति भएको छ भने पनि धेरै बिदा लिनुलाई जापानीहरु राम्रो मान्दैनन् । तर पछिल्लो समय भने यस्तो सोचाईमा विस्तारै परिवर्तन देखिन थालेको छ ।

Comment