
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी अोली मद्येश प्रदेशको राजधानी जनकपुर पुग्दा गजबको क्रेज ओली र एमालेको देखिएको छ ।चुनावको मुखमा मद्येशमा एमालेले शक्ति प्रदर्शन गरेको छ । विपक्षीहरुले ओलीलाई मद्येश विरोधी भनेर प्रचारित गर्ने गरेको भए पनि जनकपुरले ओलीलाई न्यानो स्वागत गरेको छ ।
ओलीको भाषण सुन्न हजारौँको संख्यामा सहभागीहरु कार्यक्रममा आएका थिए । ओलीलाई २०५ किलोको मालाले समेत स्वागत गरिएको थियो ।ओलीले आफु मद्येश विरोधी नभएको भन्दै एमाले हिमाली , पहाडी , मद्येशी सबैको पार्टी भएको भन्दै सबै नेपालीको भावनाको प्रतिनिधीत्व गर्ने पार्टी एमाले भएको बताएका थिए ।
ओलीले आफ्नो बारेमा भ्रमपुर्ण प्रचार गरिएको भन्दै सबै नेपालीको पार्टी एमाले भएको बताएका थिए ।ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् ।सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन् ।
अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने भन्दै ओलीले भने, ‘पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको छ । अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन हुँदैन ।’एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधारलगायतको विकास हुने उनको दाबी छ ।
आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने भन्दै अहिलेको निर्वाचन समान्य निर्वाचन नभई देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको बताए ।ओलीले जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् ।उनले सरकारलाई भने, ‘जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौं ।’
विदेशी महिलालाई विहे गरेर ल्याइने बित्तिकै नागरिकता दिन नसकिने संकेत गर्दै उनले अहिलेको विधेयक फिर्ता लग्न पनि आग्रह गरे । उनले मधेसमा जन्मसिद्व नागरिकका सन्तान मात्र समस्यामा रहेको र उनीहरुलाई नागरिकता दिने पक्षमा एमाले रहेको स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले मधेसमा १० सिट जित्ने बताएको थिए । सो सन्दर्भमा ओलीले प्रश्न गरे– एमाले मात्र १० सिट जित्ने हो भने बाँकी कसले जित्छ रु उनले मधेसका सबै सिट जित्ने दाबी घुमाउरो भाषामा गरे ।
अध्यक्ष ओलीले एमाले मधेस विरोधी नभएको पटक–पटक दोहोर्याए । उनले भने, ‘म जस्तै टोपी लगाएको त दुईरचार जना मात्र छन् । यहां सबै त मधेसी नै छन् । अनि एमाले कसको पार्टी रु मधेसीको । एमाले पहाडी र हिमाली सबै नेपालीको हो ।’