बुधबार १९ आश्विन २०७९

अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालबाट एकाएक गायब भएकी छन् । उनका आधिकारिक फेसबुक, टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय छन् ।‘सम्हालिन्छ कहिले मन’ प्रवर्द्धन गर्न एक सातासम्मै हल दौडाहामा खटेकी पूजा केही दिनदेखि भर्चुअल प्लेटफर्मबाटै हराएकी हुन् ।

फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधीखोजी गरेपछि उनी यी प्लेटफर्मबाट टाढा भएको खुलेको हो । सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।

निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा उनी फर्कने चर्चा छ ।साथै, उनी ललितपुरको झम्सिखेलमा एक व्यवसाय सुरु गर्दैछिन् ।

‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ,’ स्रोतले भन्यो ।खेदो खनिएको भन्दै अभिनेत्री सुष्मा कार्की पनि केही महिनाअघि सामाजिक सञ्जालबाट गायब भएकी थिइन् ।

स्पाइडरम्यान अभिनेता टम हल्यान्डले पनि मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने आवश्यकता भएको भन्दै गत महिना सामाजिक सञ्जालबाट अलग हुने घोषणा गरेका थिए ।

यो पनि – फिल्म सायराको घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो । बलिउडका विशाल देसाईको निर्देशनमा सायरा निर्माण हुने जानकारी दिइयो ।सायरामा आर्यन सिग्देल, सोफिया सिद्दिकी, कविता नेपालको नाम टुंगो लागिसकेको छ भने बाँकी कलाकारको टुंगो लाग्न बाँकी रहेको छ ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने सायराको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ ।पुष्कर झाले निर्माण गर्ने सायराको प्रस्तुतकर्ता रघु परियार हुन् ।


Last Updated on: September 13th, 2022 at 3:12 pm

तपाईको प्रतिक्रिया