Wednesday, August 10

मुस्लिले हानेर बुबा ठहरै

August 4, 2022

तेह्रथुम।

आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंकबहादुर भण्डारी पक्राउ परेका छन् ।

उनले मंगलबार बाबु ५३ बर्षीय भक्तबहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरी सक्त घाईते बनाई फरार भएका थिए ।

घाईते भक्तबहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा मृत्यु भएको थियो ।

फरार रहेका टंकबहादुर भण्डारीलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरी खोजतलास गर्दा तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो पनि – झापाको गौरादह नगरपालिकास्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ ।

गौरादह–९ स्थित कमल खोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्जवल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उज्जवल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुन धुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो ।

Comment