Monday, August 15

कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु !

August 4, 2022

सोल

कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलवार सवारी दुर्घटनामा परी ज्यान गएको हो ।

कोरियाको ख्यङगीदो प्रान्त स्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए ।

गर्मी विदामा साथीहरुसँग घुमेर मंगलवार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको उनका सहकर्मीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिए ।

साँझ निस्किएका मगर विहान सम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनिहरुले बताए ।

घटनाका विषयमा दूतावासलाई जानकारी गराईसकिएको र शव पोछन स्थित स्थानिय अस्पतालमा राखिएको गुरुङले बताए ।

मगर ईपियस भाषा परीक्षा उत्तिर्ण गरी ३ वर्ष अघि कोरिया आएको बताईएको छ ।

कोरियामा ईलेक्ट्रीक स्कुटर चलाउन समेत लाईसेन्स आवश्यक पर्ने भन्दै गुरुङले साईकल देखि मोटरसाईकल चलाउँदा अति नै संवेदनसिल हुन आग्रह गरेका छन् ।

Comment