शुक्रबार १४ आश्विन २०७९

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका ती विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रमाणीकरण गरिएका विधेयकहरूमा तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् ।

१ तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २ स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक ३ प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ४ सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ५ योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

यो पनि – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीका सांसद सुदन किराँती मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने बताएका छन्। मंगलबार किराँतीद्वारा लिखित पुस्तक ‘पलपलको मृत्यु’ को विमोचन कार्यक्रममा बोल्दै उनले भने, ‘राजनीतिमा मन्त्री या राष्ट्रपति अब सुदनका निम्ति ठूलो कुरा रहेन।

माननीय हुनुहुन्छ, मन्त्री त भई नै हाल्नुहुन्छ। हुनसक्छ, राष्ट्रपति पनि हुने नजिकै छ।’प्रचण्डले किराँतीले जेलमा एउटा उद्देश्यका निम्ति समर्पित भएर जीवन र मृ’त्युको दोसाँधमा बसेर गरेको अनुभूति प्रधानमन्त्री भए पनि, राष्ट्रपति भए पनि त्यो स्तरको मानवीय जीवनको गहिराइको अनुभूति गाह्रै हुन्छ भन्ने लागेको बताए।

तर, उनी पुनः किराँतीलाई पद पाउनेतिरै केन्द्रित भए। ‘तर पनि उहाँ मन्त्री प्रधानमन्त्री बन्नुहुन्छ। यो कुरा मैले प्रष्ट देखेको छु। उहाँलाई शुभकामना पनि ‍भन्न चाहन्छु’, प्रचण्डले भने।


Last Updated on: September 13th, 2022 at 5:17 pm

तपाईको प्रतिक्रिया