Ultimate magazine theme for WordPress.

यस वर्ष बूढानीलकण्ठमा एकादशी मेला न’लाग्ने

531

काठमाडौं, हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा ह’रिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष न’लाग्ने भएको छ। विश्वव्यापी रुपमा फै’लिएको कोभिड–१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन ला’ग्ने मेला पूर्ण ब’न्द गरिएको छ। बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो। अषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा द’र्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भी’ड ला’ग्ने गरेको थियो।

यस वर्ष कोरोना भाइरसका कारण एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा पूर्ण रो’क लगाइएको छ। आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र ब’न्दसमेत गरिएको मन्दिरका स्वामी नि’गमानन्दले जानकारी दिए। सङ्क्रमणको जो’खिमलाई ध्यानमा राखी आगामी सोमबारसम्म नि’त्य पूजा मात्र गरी भक्तजनलाई द’र्शन गर्न रो’क लगाइएको बताइएको छ। अषाढ शुक्ल पूर्णिमाका दिन क्षी’रसागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् ह’रिबोधनी एकादशीका दिन जागा हुने र च’तुर्मासमा व्रत गर्नाले म’नोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। रासस