Wednesday, August 10

हिजो विमानस्थलबाट समातिएका सन्तोषले गरेका रहेछन यतो ठुलो धन्दा

August 4, 2022

काठमाडौँ

बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायीलाई कैलाली पुर्याइएको छ । बिहीबार विहान सन्तोष लामिछानेलाई ल्याएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनी करोड बढी मूल्य बराबरको सुन चोरीमा संलग्न रहेको ‘क्लू’ प्रहरीले पाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। लामिछानेले भारतबाट सुन चोरी गरी नेपाल ल्याएर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए।

‘अहिले पूर्णतया अनुसन्धान सकिएको छैन। विस्तृत पछि खुल्छ’ उनले भने। नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति समेत रहेका लामिछाने र उनकी पत्नीलाई मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ गरिएको थियो।

बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेको थियो।

धनगढीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो।

उनीहरूलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली कैलालीमा नै खटिएको थियो। सन्तोष लामिछानेको धनगढी उपमहानगरपालिका–२ मा सौगात सुनचाँदी नाम गरेको पसल छ।

Comment