शुक्रबार १४ आश्विन २०७९

रोल्पा– रोल्पामा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको श’व फेला परेको छ। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो।

खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। उनका साथीहरूले खातुन टिकटक बनाउने क्रममा खोलामा खसेको र त्यसपछि आउन नसकेको भन्ने कुरा प्रहरीसमक्ष बताएका छन्। खातुनलाई खोलाले बगाएको देखेपछि उनका साथीहरूले जालले माछा मार्दै गरेका एक व्यक्तिसँग गुहार मागेका थिए।

ती माझीले खातुनलाई बचाउन प्रयास गरे पनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो। सोमबार दिउँसोदेखि नै खातुनको खोजी भए पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए।

मंगलबार बिहानदेखि खोजी सुरू गरिएकोमा दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा श’व फेला परेको प्रहरीले जानकारी दिएको छ। श’व पो’ष्टमर्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यो पनि – विद्यालय जाने भनेर सम्पर्कविहीन भएका बुटवलका तीनजना बालक भारतको मुम्बईमा रहेका परिवारकहाँ पुगेका छन् । शनिबार राति २ बजे मुम्बईको रेल स्टेसनमा भेटिएका उनीहरू आफन्तकहाँ पुगेका हुन् ।

गएको शुक्रबार बुटवल उपमहानगरपालिका ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुईजना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँगै विद्यालय जान भनेर घरबाट निस्किएका थिए ।

तर, ती तीनजना विद्यालय नगएर सम्पर्कविहीन भएका थिए । तीनजनामध्ये समीरका बुबा मुम्बईको एक कम्पनीमा काम गर्छन् । बालक र उनका आफन्त बुधबार रातिसम्म बुटवल आइपुग्ने सागरका मामा राजु पन्थीले जानकारी दिए ।अहिलेसम्म उनीहरू कसरी त्यहाँ सम्म पुगे भन्ने खुलेको छैन ।


Last Updated on: September 13th, 2022 at 10:31 pm

तपाईको प्रतिक्रिया