Ultimate magazine theme for WordPress.

सिटीले मेस्सी नकिन्ने

288

एजेन्सी – लिओनल मेस्सीले सिजनको सुरुवातमै बार्सिलोना छाड्न चाहेका थिए । जसले विश्वभर चर्चा भएको थियो । धेरैलाई लागेको थियो, बार्सिलोना छाडे भने मेस्सी पूर्व प्रशिक्षक पेप ग्वार्डिओलोको टोली म्यानचेस्टर सिटी जानेछन् ।तर, क्लबसँग विवाद चर्काउन उपयुक्त नहुने भन्दै मेस्सीले अर्को एक सिजन क्याटलान क्लबमै बस्ने निर्णय गरे । अहिले पनि परिस्थिति फेरिएको छ । सिटीले अर्को सिजन अर्जेन्टिनी सुपर स्टारलाई लिने सम्भावना कमजोर भएको छ ।यो सिजनपछि मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिनेछ ।

यो सिजन बार्सिलोना बसेपछि अर्को वर्ष मेस्सी सिटी जानसक्ने धेरैले अनुमान गरिएका छन् । तर सिटीले उनको चर्को पारिश्रमिक र पाको हुँदै गएको उमेरका कारण नलिने सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।अर्को वर्ष मेस्सी ३४ वर्षको हुनेछन् । उनको क्षमतामा धेरै शंका नहोला तर, सिटीले उनको लागि ठूलो रकम खर्च गर्नुपर्ने भएकाले पनि प्रस्ताव नगर्ने सम्भावना छ ।