आइतबार १६ आश्विन २०७९

सडक मिचेर बनाइएको संरचना हटाउन सिन्धुलीमा पनि डोजर चलाउन थालिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा सडक मिचेर पर्खाल लगाउदा सडक अवरुद्ध भएपछि कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा र वडा अध्यक्ष विनोद प्रधानको रोहबरमा डोजर लगाएर पर्खाल भत्काएर बाटो खुलाउने काम भएको छ ।

कमलामाई नगरपालिका ९ भिमान बजारबाट बजार नजिकैको टोलमा जाने भित्री सडकमा केहि स्थानियले पर्खाल लगाएर सडकनै अवरुद्ध गरेपछि डोजर चलाउनु परेको स्थानिय दिवाकर पौडेलले बताउनु भयो । सडक मिचेर संरचना बनाउदा १ बर्षदेखि सडकनै अवरुद्ध भएको र हाल डोजर लगाएर खुलाउने कार्य भएको पौडेलले बताउनु भयो ।

काठमाडौँ महानगरपालिकाले अबैध संरचना हटाउन धमाधम डोजर चलाएसँगै सिन्धुलीमा पनि अवैध संरचना हटाउनु पर्ने र नगरभित्रका बस्तिको सौन्दर्यता बढाउनु पर्ने स्थानियले माग गर्न थालेका छन् ।बजार क्षेत्र तथा भित्री सडकहरुमा नक्सा बिनानै संरचनाहरु बनाएर सडक मिच्ने कार्य बढ्न थालेकाले बालेन शाहकै शैलिमा सिन्धुलीमा पनि डोजर चलाउन सके बेलैमा अबैध संरचना बनाउन रोक्न सकिने स्थानियको बुझाई छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ ।महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए ।भोलि (बिहीबार) सम्ममा नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको छ । ‘हामीले आजै हटाउन लगाउँछौं, नमाने सम्झाउने, बुझाउने गर्छौ तर भोलिसम्म हटाएन भने नगर प्रहरीको टोलीले कारबाही गर्छ,’ पाण्डेले भने ।

केहि व्यवसायीले सार्वजनिक स्थानमा राखेका पसल आफैले हटाएका छन भने केहिलाई महानगरले हटाउन दबाब दिइररहेको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरु, नक्सा विपरीत प्रयोग भएका वेसमेन्टहरु, मापदण्ड विपरीत होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।


Last Updated on: September 14th, 2022 at 12:50 pm

तपाईको प्रतिक्रिया