शुक्रबार १४ आश्विन २०७९

वीरगञ्जस्थित हिमालयन व्याङ्कको एटीएममा झिक्न गएकी एक युवतीलाई सर्पले टोकेको छ ।मङ्गलबार महावीरस्थान मन्दिर नजिकै हिमालयन व्याङ्कको वीरगञ्ज शाखाको एटीएममा पैसा झिक्न गएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ निवासी १९ वर्षीय सृजना डङ्गोललाई सर्पले टोकेको हो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले आज दिउँसो एटीएममा पैसा झिक्न गएकी डङ्गोललाई सर्पले टोकेको पुष्टि गरेका छन् ।डङ्गोलको हाल यहाँस्थित नारायणी अस्पतालमा उपचार चलिरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन् । उनि अहिले खतरामूक्त भएतापनि चिकित्सकहरुले २४ घण्टाका लागी आफ्नो निगरानीमा राखेको मल्लले बताएका छन् ।

यो पनि – नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ ।राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम रहेको बैंकले जनाएको छ ।

नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी निर्देशक ढुंगानाले संयुक्त रुपमा उक्त एप सार्वजनिक गरेका छन् ।यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकका अनसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा गर्न सकिनेछ ।

अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना र सेट गर्न र तोक्न सक्छन्, बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको बैंकले जनाएको छ ।

नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।


Last Updated on: September 14th, 2022 at 1:03 pm

तपाईको प्रतिक्रिया