अन्तत: कुकुर मार्ने महिला पक्राउ – Gandaki Chhadke
Friday, August 12

अन्तत: कुकुर मार्ने महिला पक्राउ

August 4, 2022

काठमाडौँ ।

काठमाडौँमा खुड़ाले हानेर कुकुर मार्ने महिला पक्राउ परेकी छिन । कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका–४ कि एक महिला पक्राउ परेकी हुन् ।

आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै बुधवार सडक पेटीमा बसिरहेको कुकुरलाई मार्ने जुना बराललाई प्रहरीले पक्राउ गरेको हो । उनले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियो हेरेर पशु अधिकारकर्मी इरफान खानसहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएसँगै बालाजु प्रहरीले महिलालाई पक्राउ गरी हिरासतमा राखेको हो ।

प्रहरी कार्यालय अगाडी पशु अधिकारकर्मीहरूले कुकुर मार्नेलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

भिडियो अनुसार महिलाले घर नजिकै एउटा कुकुरलाई सुतिरहेको अवस्थामा भकाभक खुँडाको प्रहारमा कुकुरको त्यही मृत्यु हुन्छ ।

काट्नुभन्दा अगाडि उनले कपडाले आफ्नो कम्मर बेस्सरी कस्छिन् । त्यसपछि सुतिरहेको कुकुरमाथी खुँडा प्रहार गर्न थाल्छिन् ।

अनि एउटा कपडाले बाँधेर सडकमा घिसार्दै लगेर सडक छेउमा पुर्छिन् ।उक्त घटनाको सीसीटीभी भिडियो आएपछि सर्बत्र बिरोध भएको थियो ।

Comment