आइतबार १६ आश्विन २०७९

मधेश प्रदेशको सप्तरी जिल्लास्थित बिहे भएको एक महिना नबित्दै श्रीमतिले सबै समान लिएर फरार भएपछि श्रीमान रोदन सुरु गरेका छन् । मधेश प्रदेशको सप्तरी जिल्लास्थित रहेको महादेवा गाउँपालिका वडा नं. ६ बस्ने स्थानीय रामचन्द्र यादवको २६ बर्षिय छोरा श्याम नारायण यादवकी श्रीमति एक महिना नबित्दै अर्का केटासँग फरार भएकी हुन् ।

श्याम नारायण यादवकी बर्ष २३ की श्रीमति नितु कुमारी यादव अर्कै केटासँग भागेपछि उनी घरमै रोदन सुरु गरेका छन् । उनले विभिन्न माध्यमबाट श्रीमति खोजिदिनको लागि अनुरोध विनय गरिरहेका छन् ।गत असार २२ गते मात्र दुई परिवारबीच देखासुनी भएर विवाह भएपनि नितु एक महिना नबित्दै अर्कै केटासँग फरार भएकी हुन् ।

सप्तरीकै हनुमाननगर कँकालिनी नगरपालिका वडा नम्बर १ बलुवा बस्ने स्थानीय भुपेन्द्र यादवकी छोरी नितु कुमारीले श्यामनारायणसँग बिहे भएको एक महिना नबित्दै घरबाट भागेकी हुन् । उनी गत साउन १९ गते घरबाट अर्कै केटासँग भागेपछि परिवारजन विच्चलीमा परेका छन् ।

नितु सप्तरीकै राजगढ गाउँपालिका वडा नम्बर ३ बस्ने स्थानीय रामसुनर यादवको छोरा अन्दाजी बर्ष २५ को सँकल्प विशाल यादवसँग भागेको श्यामनारायणले बताएका छन् । घरमै काम गर्दै आएका श्याम नारायण घर बाहिर हुँदा उनी घरबाट विशालसँग भागेकी बताइएको छ ।

श्रीमति खोजिदिनको लागि स्थानीय प्रहरीमा समेत उजुरी गरेका छन्, यद्यपी अहिलेसम्म उनको अत्तोपत्तो भने देखिएको छैनन् । घरबाट भागेको एक महिना बितिसक्दा पनि उनीहरुको खोजीक्रम जारी राखेको छ । विभिन्न तवरबाट खोजबिन गरेपछि नभेटाउँदा उनी मिडियामा आएको बताएका छन् ।

श्याम नारायणका अनुसार, बिहेको बेला किनिएको ६ तोला सुन, २५ तोला चाँदी र घरमा रहेको ४ लाख ३० हजार नगद रुपैयाँ लिएर फरार भएकी हुन् । जानकारी अनुसार, नितुलाई लिएर भाग्ने विशाल विगत दुई बर्षदेखि नितुकै घरमा कामकाज गर्दै आएका थिए ।

नितुकै घरमा मजदुरी गर्दै आएका विशालले मालिककी छोरी अर्थात श्याम नारायण यादवको ससुराली घरमा काम गर्न राखेका युवाले श्याम नारायण यादवकी श्रीमतिलाई लिएर भागेका हुन् ।


Last Updated on: September 14th, 2022 at 10:18 pm

तपाईको प्रतिक्रिया