गुडिरहेको गाडीमा युवतीले ड्राइभरसँग सम्भोग गर्न थालेपछि भयाे दुर्घटना…(भिडियोसहित) – Gandaki Chhadke
Friday, August 12

गुडिरहेको गाडीमा युवतीले ड्राइभरसँग सम्भोग गर्न थालेपछि भयाे दुर्घटना…(भिडियोसहित)

August 4, 2022

काठमाडौँ

चलिरहेको गाडीमा यौन क्रियाकलापका कारण एक एसयूभी दुर्घटनामा परेको छ ।पुरुषले कार चलाइरहेका थिए र उनको छेउमा एक महिला बसेकी थिइन् ।

एक्कासी महिलाले चालकसँग यौन क्रियाकलाप गर्न थालिन्, जसका कारण चालकको सन्तुलन बिग्रियो र एसयूभी ट्रकसँग ठोक्कियो । एसयूभी अगाडिबाट आउँदै गरेको ट्रकसँग ठोक्किएको हो ।

लोकल १० डट कमको रिपोर्ट अनुसार मामिला अमेरिकाको हो । यहाँ एसयुभी नर्थ ओसन बुलेभार्डको सडक हुँदै गइरहेको थियो। त्यसमा दुई जना थिए ।

एक पुरुष र एक महिला। यात्राको क्रममा महिलाले पुरुषसँग यौन क्रियाकलाप गर्न थालिन् । यसै क्रममा एसयूभी दुर्घटनामा परेको थियो ।अगाडिबाट आउँदै गरेको फेडएक्स ट्रकमा दुई जना पनि सवार थिए ।

दुर्घटनाका कारण ट्रकमा सवार दुवै जना सामान्य घाइते भएका छन् । रिपोर्टका अनुसार एसयुभीमा सवार पुरूषलाई गुप्तांगमा चोट लागेको छ ।

दुर्घटनापछि एसयूभीमा सवार दुबै जना अर्धनग्न अवस्थामा सडकमा लडिरहेका थिए । दुर्घटनापछि प्रहरीले यी दुईलाई सहयोग गरेको देखिएको छ ।

यस घटनामा अहिलेसम्म कसैविरुद्ध मुद्दा दर्ता भएको छैन ।दुर्घटनाका तस्बिर पनि सार्वजनिक भएका छन् । जसलाई हेर्दा दुवै सवारीसाधनमा ठूलो क्षति पुगेको देखिन्छ ।

एसयूभीको अगाडिको भागमा नराम्ररी क्षति पुगेको छ ।फेडएक्सको ट्रकको अगाडिको भागमा पनि क्षति पुगेको छ । तस्बिर हेर्दा ट्रकको एयरब्याग पनि खुलेको देखिन्छ ।भिडियो

Comment